२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषिमन्त्री अधिकारीद्वारा कृषि औजार कारखानाको अवलोकन, आवश्यक सहयोग गर्ने प्रतिवद्धता



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि औजार कारखानाको विकास र प्रवद्र्धनका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मंगलवार वीरगञ्जस्थित कृषि औजार कारखानामा राष्ट्रिय आविष्कार केन्द्रले गरेका कामहरुको अनुगमन एवं अध्ययनका लागि पुग्नुभएका उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले राष्ट्रिय आविष्कार केन्द्रका विषयमा धेरै सन्दर्भ उठेको भन्दै नयाँ के काम गरिरहेको छ भन्ने अध्ययनका लागि आफूले अवलोकन गरेको बताउनु भयो । अवलोकनका क्रममा कृषि औजार कारखानाभित्र राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेका १५/१८ वटा कृषिसँग सम्बन्धित मेसिनरी सामान बनाउन शुरु गरेको पाएको बताउनु भयो । उहाँले कृषि औजारको उत्पादन वृद्धिका लागि मन्त्रालयले छलफल गरेर आवश्यक निर्णय लिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय आविष्कार केन्द्रका विषयमा धेरै सन्दर्भहरु उठिरहेका थिए, यो आविष्कार केन्द्रले नयाँ के गरेको छ, त्यो अध्ययन गर्न आएका हौँ । हामीले कृषि औजार कारखानाभित्र राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेका १५/१८ वटा कृषिसँग सम्बन्धित मेसिनरी सामानको अवलोकन गरेका छौँ । यहाँको अवस्था अध्ययन गरेका छौँ, मन्त्रालयमा छलफल गरेर अघि बढ्छौँ । मुलुक सञ्चालन गर्ने ठाउँमा हामी छौँ । मन्त्रालयको तवरबाट गर्नुपर्ने काममा व्यापक छलफल गरेर अघि बढ्नेछौँ ।’

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अहिले आविष्कार केन्द्रले झन्डै २० किसिमका नमूना कृषि औजारहरु बनाउन परीक्षण गरेको बताउनु भयो । उहाँले उत्पादन शुरु गर्न आफूहरु तयार रहे पनि विद्युत प्राधिकरणले ५ सय केबीको लाइनको ट्रान्सफरर्मर राख्न ढिला गर्दा उत्पादन गर्न नसकेको बताउनु भयो । उहाँले साना किसानलाई चाहिने र उपयोग हुने औजारहरु उत्पादन गर्ने पनि बताउनु भयो । उहाँले राष्ट्रिय आविष्कार केन्द्रले अहिलेसम्म २ करोड खर्च गरिसकेको र अब २० करोडको जिम्मा लिने बताउनु भयो । बाँकी सहयोगमा सरकारले गर्न आवश्यक नीति नियम बनाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले हामीले झन्डै २० किसिमका नमूना औजारहरु बनाएका छौँ । सबै परीक्षण भएर सफल भएका छन् । अब के के औजार बनाउने भनेर धेरै वटक नमूना परीक्षण गरेर सफल गरेका छौँ । अबको ६ महिनाभित्र उत्पादन नै शुरु गर्ने तयारीमा छौँ । ट्रान्सफरर्मर राख्न विद्युत प्राधिकरणले ढिला गरेको छ । ५ सय केबीको लागि हामीले भनेका थियौँ । हामी वामे सर्दै गरेको अवस्था हो । अझै केही समय लाग्छ । साना किसानलाई चाहिने र उपयोग हुने कुरालाई लक्ष्य गरेर परीक्षण भइरहेको छ । राष्ट्रिय आविष्कार केन्द्रले अहिलेसम्म २ करोड खर्च गरिसकेको छ । अब २० करोड जति जिम्मा लिन्छौँ । सरकारको तर्फबाट कसरी थप्ने, कति ल्याउने भन्ने किसिमको नीति निर्देशन दिन सहयोग के गर्ने त्यसमा सहयोग गर्न आग्रह गर्दछु ।’

सोही अवसरमा मन्त्री अधिकारीले सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको अवलोकन गर्नुभएको थियो ।




भर्खरै