१५ मंसिर २०८१, शनिबार
,
Latest
लिकु स्वास्थ चौकी बन्यो पोषणमैत्री स्वास्थ्य संस्था बगरफाँट–भकिम्ली सडक : ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति सर्वाधिक चर्चाकाबीच ‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि आज कहाँ–कहाँ काटिन्छ बिजुलीको लाइन ? आज बालाचतुर्दशी, देशभरका शिवालयहरुमा शतबीज छरिँदै चीन जानुअघि प्रधानमन्त्रीलाई बुद्धिजीवीले के दिए सुझाव ? प्रधानमन्त्रीको चीन भ्रमणः बिआरआइमा नयाँ फ्रेमवर्क, झापा र डडेल्धुरालाई एक एक उपहार एनपीएलको तयारी पूरा : क्यान , उद्घाटन खेल जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्ने स्वास्थ्यमन्त्री पौडेलले सोल्टी होटल पुगेर भेटे पोखराका खेलाडीलाई परराष्ट्रमन्त्री राणा र चिनियाँ समकक्षी वाङ यी बिच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस्तीमा पस्यो हनुमन्ते खोला



अ+ अ-

भक्तपुर । भक्तपुरको सहरी क्षेत्रमा पानी नपरे पनि आज साँझबाट उर्लेर आएको हनुमन्ते नदी भक्तपुरका बस्तीमा पसेको छ । काभ्रेको नाला, भक्तपुरको ताथलीलगायतका क्षेत्रमा परेको भिषण वर्षाका कारण काभ्रेदेखि आएको बाढी हनुमन्तेमा नदीभन्दा माथि उर्लिएपछि बस्तीमा पसेको हो ।

भक्तपुरको थुसाचामा पुलमाथि बाढी पसेपछि जगातीबाट च्यामासिंह जाने सडक नै अवरुद्ध भएको छ । बाढी नदीबाट माथि आएर सडकबाट खोला बग्न थालेको छ । आसपासका घर एवं बस्तीमा पानी पसेको छ । जिल्लाको हनुमानघाट, सूर्यविनायकका राम मन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थान लगायतका क्षेत्रमा बाढी बस्तीमा पसेर डुबानमा परेको छ । राम मन्दिर, बाराहीस्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको हो ।

हनुमन्ते नदीमा आएको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनाराका मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो र हनुमन्ते नदीको सहायक नदी एवं खोलासमेतमा बाढीको बहाब बढेको छ । बाढी पसेपछि जगाती, च्यामासिंह, हनुमानघाट, बाराहीस्थानको जनजीवन प्रभावित भएको छ ।

भक्तपुरका विभिन्न वर्षा मापन केन्द्र एवं जल तथा मौसम विज्ञान विभागले आज हनुमन्ते खोला जगातीको जलमापन केन्द्रमा हालको जलसतह सर्तकता तहमा पुगेको र नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्क रहन सन्देश एवं सूचना जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षति न्यूनिकरण गर्न प्रशासनले सुरक्षा निकाय, चारवटै नगरपालिका र नेपाल रेडक्रस सोसाइटीलाई उच्च तयारीका साथ राखेको जानकारी दिँदै प्राकृतिक विपत्ति परेको स्थानमा आधा घन्टामै सुरक्षा निकायको टोली पुगेर उद्धार गर्ने, जोखिम रोकथाम र राहत सामग्री वितरण गर्दै आएको बताउनुभयो ।

गडेधारा बस्तीका नागरिक पानी परेसँगै त्रासमा 

सूर्यविनायक नगरपालिका‐५ दधिकोटस्थित गडेधारा टोलका करिब ३० घरका बासिन्दा राति पानी पर्न थालेदेखि नै त्रासमा छन् । यही साउन १६ गते परेको वर्षाका कारण स्थानीय ढुङ्ग्रेखोला र महादेव खोलामा आएको माटो मिसिएको बाढीसँगै माटोसहितको लेदो ३० घरभित्र पसेर पाँच फिटभन्दा बढी उचाइमा भुइँ तलाका सबै कोठा, आँगन र सडकमा माटो पुरिएपछि स्थानीय सोही घटना पुन: दोहरिएला भनेर रातिदेखि नै त्रासमा छन् ।

बस्तीमा घरभित्र १० फिट माथिसम्म पानी पस्दा एक तला घरको मानिस र भुइँ तलामा भाडामा बस्दै आएका करिब ३० परिवारको राति नै उद्धार गर्नुपर्दाको पीडा र करोडौँको भौतिक क्षति भएको एक साता नबित्दै पुन:पर्न थालेको भीषण वर्षाका कारण यहाँका बासिन्दा त्रसित अवस्थामा रहनुपरेको स्थानीय समाजसेवी एवं गैरसरकारी संस्था महासङ्घ भक्तपुरका अध्यक्ष अनिता पाण्डेले जानकारी दिनुभयो ।

उक्त दिनको हिलोसहितको बाढीले ३० घरको भुइँ तलाको चारदेखि छ फिटसम्मको उचाइमा भरिएको माटोले करोडाँैको भौतिक सम्पत्ति नष्ट हुनुका साथै केही घरको पर्खालसमेत ढलेर क्षति पुर्याएको थियो ।

स्थानीयको भुइँ तलाका सम्पूर्ण सामान नष्ट भएका छन् भने गाडी र मोटरसाइकल तथा स्कुटर पूर्णरुपमा डुबेर क्षति पुर्याएको भन्दै उहाँले भन्नुभयो, “राति १ बजे अगाडि नै हामी भुइँ तलाका मानिसको उद्धार गरेर सुरक्षित स्थानमा लग्यौँ, प्रमुख जिल्ला अधिकारीको पहलमा सुरक्षाकर्मीलगायतको टोलीले उद्धार गरेका थियौँ ।”

आज पुन:खोलामा आएको बाढीले खोलामा दुई दिन अगाडि लगाइएको ढुङ्गाको पर्खालसमेत भत्काइरहेको जनाउँदै उहाँले पुन: बाढी बस्तीमा पसेर नोक्सान गर्ला भन्ने त्रासमा यहाँका करिब ३५ घरका बासिन्दा त्रासमा रहेको बताउनुभयो ।

यहाँका ३० घरमा १६ गते राति पसेको माटोमा सबै स्थानीय र राष्ट्रिय युवा सङ्घका ३५ जनाको टोलीले दिनभर सफा गरे पनि भुइँमा अझै माटो तथा पानी आएकाले अझै निरन्तर सफाइ गरिरहेको अवस्थामा पुन: हिलो र पानी पस्ने त्रास रहेको उहाँले बताउनुभयो ।

राष्ट्रिय युवा सङ्घ भक्तपुरका अध्यक्ष रविन थापाले गडेधारा बस्तीमा १६ गते रातीको वर्षाले करोडौँको क्षति पुगेको जनाउँदै युवा सङ्घले दिनभर यहाँका बासिन्दाको घरघरमा डुबेका सामान निकाल्ने र कोठाबाट माटो निकालेर सफा गरेको बताउनुभयो ।