२२ मंसिर २०८२, सोमबार
,
Latest
‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा केही भएन भन्ने भाष्य द्रूतमार्गले खण्डन गरेको छ: प्रधानमन्त्री ओली



अ+ अ-

बकैया । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नयाँ प्रविधियुक्त ढङ्गले लामा सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ एउटा महत्वपूर्ण कार्य भएको बताउनुभएको छ । राष्ट्रिय गौरवको काठमाडौँ–तराईरमधेस द्रूतमार्ग (फास्ट ट्रयाक)स्थित घट्टेपाँखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल सुरुङ युगसगैँ नयाँ युगमा प्रवेश गरेकाले अब यो विकास निर्माणको गति नरोकिने दृढता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “विगतमा जुन रफ्तारमा विकास हुनुपथ्र्यो, त्यो भएन, अब विकासको नमुना यो द्रुतमार्ग हुनेछ ।” द्रुतमार्ग अघि बढाउने सन्दर्भमा देखिएका बाधा ब्यवधानलाई समाधान गर्न सरकार तयार रहेको बताउँदै उहाँले द्रुतमार्ग निर्माणमा देखिएको व्यवधान राजनीतिक मात्र नभई अर्थतन्त्रसँग पनि जोडिएको स्पष्ट पार्नुभयो ।

नेपालमा केही भएन भन्ने भाष्य खडा गर्न खोजिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले दू्रत मार्गको सुरुङ निमार्णले त्यसलाई खण्डन गरेको बताउनुभयो । सांस्कृतिक अन्तरघुलन, राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण र पर्यटन उद्योग प्रवर्द्धन गर्न मुलुकको आत्मविश्वासको दृष्टान्तकारुपमा द्रुतमार्ग भएको बताउँदै प्रधानमन्त्री ओलीले देशमा पूर्णशान्ति र भयरहित वातावरण बनाउन प्रतिबद्ध रहेको धारणा राख्नुभयो ।

उहाँले देश विकास होस, नागरिकको जीवनस्तर माथि उठोस, सुखी नेपाली र समृद्ध नेपालका राष्ट्रिय आकाङ्क्षा पुरा होस् भन्ने दृष्टिकोणले सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो ।  अप्टिकल फाइबर, फोर जी इन्टरनेटलगायतका सेवा सबै जिल्लामा पु(याउने काम अघि बढिरहेको बताउँदै प्रधानमन्त्री ओलीले द्रूतमार्गलगायतका पूर्वाधारले यस्ता कार्यक्रमलाई सहयोग पु(याउने बताउनुभयो ।

उहाँले सुरु गरेका काम समयमै सम्पन्न गर्न पूर्वाधार विकाससँग जोडिएका मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिनुभयो । मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेमा आज एक समारोहबीच प्रधानमन्त्री ओलीले काठमाडौँ–निजगढतर्फको एक दशमलव सात सय २८ किमी लामो सुरुङ ब्रेक थ्रु गर्नुभएको थियो ।

द्रूतमार्ग विसं २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना १३ प्योकजमा विभाजन गरी निर्माण भइरहेको छ । आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनका चरणमा छन् । प्रस्थान बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको सो दू्रत मार्गको लम्बाइ ७० दशमलव नौ सय ७७ किलोमिटर छ । द्रूत मार्ग पहाडी भू–भागमा २५ मिटर र तराई भूभागमा २७ मिटर फराकिलो हुनेछ ।

द्रूतमार्गमा १० दशमलव तीन सय नौ किमी लम्बाइका छ वटा सुरुङ बन्ने छन् । सो सडकमा विभिन्न स्थानमा १२ दशमलव आठ सय ८५ किमी लम्बाइका ८९ पुल निर्माण हुनेछन् । बुदुनेमा दुई विश्रामस्थल तथा खोकना, बुदुने र निजगढमा एक/एक इन्टरचेन्ज र टोल प्लाजा निर्माण गरिने जनाइएको छ ।