५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री शेख हसिनाको राजीनामा, सेनाले अन्तरिम सरकार बनाउने



अ+ अ-

काठमाडौँ । बंगलादेशमा आरक्षण विरोधी आन्दोलनले हिंसात्मक रुप लिएपछि प्रधानमन्त्री शेख हसिनाले सोमबार राजीनामा दिएकी छन् ।

सेना प्रमुख जनरल वकार–उज–जमानले यसको पुष्टि गरेका छन् । ढाकामा पत्रकार सम्मेलन गर्दै उनले अब सेनाले अन्तरिम सरकार बनाउने बताए । अर्कोतर्फ ढाकामा स्थिति नियन्त्रण बाहिर छ । सेना प्रमुखले जनतालाई शान्ति कायम गर्न अपिल गरेका छन् । स्थिति नियन्त्रणमा ल्याउने बताए ।

सेना प्रमुख जनरल जमानले हत्याको न्याय दिइने बताएका छन् । ‘हामीले सबै दलसँग कुरा गर्यौं । हामीबीच राम्रो कुराकानी भयो । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । अब हामी सरकार बनाउँछौ, अन्तरिम सरकार । सम्पत्ति नोक्सान भइरहेको छ । मलाई जिम्मेवारी दिनुहोस्, म सबै काम गर्छु ।’ उनले भने ।

करिब ४ लाख मानिस सडकमा छन् । राजधानीका विभिन्न स्थानमा तोडफोड भइरहेको छ । प्रधानमन्त्री शेख हसिना प्रधानमन्त्री निवासबाट निस्किएकी छन् ।

समाचार एजेन्सी एएफपीले स्रोतलाई उद्धृत गर्दै प्रधानमन्त्री ढाका छोडेर सुरक्षित स्थानमा सरेको जनाएको छ । उनकी बहिनी रेहाना पनि उनीसँगै छिन् ।

यसै क्रममा हसिना सैन्य हेलिकप्टरबाट भारत पुगेको केही मिडिया रिपोर्टमा दाबी गरिएको छ । उनी पश्चिम बंगालमा रहेको खबर छ । तर, यो पुष्टि हुन सकेको छैन ।