२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशमा हिंसा: हजारौं प्रदर्शनकारी प्रधानमन्त्री शेख हसिनाको निवासमा प्रवेश, हसिनाले निवास छोडिन्



अ+ अ-

काठमाडौँ । बंगलादेशमा आरक्षण विरोधी आन्दोलन सोमबार चर्किएको छ । हजारौं प्रदर्शनकारी प्रधानमन्त्री शेख हसिनाको प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन् । यसैबीच, प्रधानमन्त्री हसिनाले प्रधानमन्त्री निवास छाडेको दाबी भइरहेको छ ।

समाचार एजेन्सी एएफपीले स्रोतलाई उद्धृत गर्दै प्रधानमन्त्री ढाका प्यालेस छोडेर सुरक्षित स्थानमा सरेको जनाएको छ । केही सञ्चारमाध्यमले प्रधानमन्त्री हसिना र उनकी बहिनी रेहानाले देश छोडेर सैन्य हेलिकप्टरबाट भारत पुगेका दाबी गरिरहेका छन् ।

बंगलादेशी पत्रिका प्रथम आलोका अनुसार धेरै ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । जसमा ६ जनाभन्दा बढीको मृत्यु भएको छ ।

आन्दोलनकारीले टङ्गाइल र ढाकाका महत्वपूर्ण राजमार्गहरू कब्जा गरेका छन् । करिब ४ लाख जनता हसिना सरकारविरुद्ध सडकमा उत्रिएका समाचारमा जनाइएको छ ।

बंगलादेशमा प्रहरी र विद्यार्थी प्रदर्शनकारीबीच हिंसात्मक झडप भइरहेको छ । आन्दोलनरत विद्यार्थीहरूले विवादास्पद आरक्षण प्रणाली खारेज गर्न माग गरिरहेका छन् ।

यसअन्तर्गत सन् १९७१ मा बंगलादेशको स्वतन्त्रताका लागि लडेका स्वतन्त्रता सेनानीका परिवारका लागि ३० प्रतिशत सरकारी जागिर आरक्षित गरिएको छ ।

तस्बिर: एपी/एएफपी