४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य तोलाको डेढ लाख पुग्यो



अ+ अ-

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड बनाएको छ ।

आज तोलाको डेढ लाख पुग्दै सुनले नयाँ रेकर्ड बनाएको हो । अघिल्लो साताको शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेररेकर्ड बनाएको थियो ।

सोमबार छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ५० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो उक्त सुन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको प्रतितोला १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी,सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी आईतबारकै मूल्यमा यथावत रहि प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।