१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

भरतपुर भ्रमण वर्षको काम: पर्यटक भित्र्याउन सकारात्मक योगदान

भरतपुर भ्रमण वर्षको काम: पर्यटक भित्र्याउन सकारात्मक योगदान
अ अ+ अ-

चितवन । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ मनाइरहँदा चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । महानगरले स्वदेश तथा विदेशमा भ्रमण वर्षको व्यापक प्रचारप्रसार गरेसँगै पर्यटक सङ्ख्यामा वृद्धि भएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा करिब सात हजारले वृद्धि भई तीन लाख छ हजार आठ सय ३७ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा  यो सङ्ख्या दुई लाख ९९ हजार चार सय १२ रहेको थियो ।

निकुञ्जमा आउने पर्यटकमध्ये भरतपुर महानगर हुँदै भित्रिने सङ्ख्या २७ हजार नौ सय ५६ छ । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या २३ हजार दुई सय ५७ रहेको थियो । सूचना अधिकारी तिवारीका अनुसार भरतपुरबाट मात्रै अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चार हजार छ सय ९९ बढी पर्यटक निकुञ्ज प्रवेश गरेका छन् ।

भरतपुर महानगर क्षेत्रबाट प्रवेश गर्ने पर्यटकको प्रतिशतको हिसाबले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा २० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यसै अवधिमा सौराहा क्षेत्रबाट प्रवेश गर्ने पर्यटकको वृद्धि दर शून्य दशमलव ९४ प्रतिशत मात्रै छ । गत आवमा दुई लाख ७४ हजार दुई सय ९९ पर्यटक सौराहा क्षेत्रबाट प्रवेश गरेकामा अघिल्लो आवमा यो सङ्ख्या दुई लाख ७१ हजार सात ३१ मात्र थियो । यसरी हेर्दा दुई हजार पाँच सय ६८ जना पर्यटक मात्र सौराहा क्षेत्रबाट बढेको दखिन्छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा अभियानका रूपमा गरिएको प्रचारप्रसारका कारण निकुञ्ज प्रवेश गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको बताउनुहुन्छ । महानगरपालिकाले गत फागुन १८ गते भ्रमण वर्षको शुभारम्भ गरेको थियो । अब आउने पर्यटकीय सिजनमा यसको थप प्रभाव पर्ने उहाँको भनाइ छ ।

प्रमुख दाहालले भन्नुभयो, “अबको मुख्य सिजनमा पर्यटकको सङ्ख्या पक्कै बढ्नेछ ।” महानगरपालिकाले अन्तर्राष्ट्रिय समन्वय उपसमिति बनाएर वाह्य जगतमा चितवनको प्रचारप्रसार गरेको थियो । ३० भन्दाबढी देशमा प्रचार सामग्री र लोगो वितरण गरिएको प्रमुख दाहालको भनाइ छ । ६० भन्दाबढी देशका गैरआवासीय नेपाली महासङ्घका नेतृत्वकर्तालाई अन्तर्राष्ट्रिय समन्वय उपसमितिको सदस्य बनाइएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख दाहालको भनाइमा भ्रमण वर्ष सुरु भएसँगै महानगरपालिकाको नेतृत्वमा सम्पन्न प्रर्द्धनात्मक कार्यक्रमका कारण पर्यटक बढेका हुन् । भ्रमण वर्षका अवसरमा खेलकुदबाहेकका ५५ भन्दाबढी सानाठूला कार्यक्रम महानगरपालिकामा भएका छन् । यसबाट यहाँका होटल व्यवसायसमेत प्रत्यक्ष लाभान्वित भएको उहाँ बताउनुहुन्छ ।

उपप्रमुख चित्रसेन अधिकारी होटल ‘टाइगर टप्स’ बन्द भएपछि सुस्ताएको भरतपुरको पर्यटकीय गतिविधि भ्रमण वर्षले केही हदसम्म चलायमान बनाएको दाबी गर्नुहुन्छ । करिब ५० किलोमिटर सीमावर्ती क्षेत्र रहेको चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वार भरतपुरमा छ भन्ने कुराको प्रचारप्रासर गर्न महानगरपालिका सफल भएको उपप्रमुख अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रमण वर्षको प्रभाव देखिएको छ, पर्यटक सङ्ख्या वृद्धि हुनुका साथै केही हदसम्म आर्थिक क्षेत्र थप चलायमान भएको छ । चितवनको आर्थिक, सामाजिक, सांस्कृतिकसहित समग्र पक्षलाई सकारात्मक योगदान दिन भरतपुर भ्रमण वर्ष सफल भएको छ ।”

भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ डा विश्व सुवेदीले भ्रमण वर्षको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गरिएको प्रचारले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताउनुभयो । निकुञ्ज प्रवेश गर्ने पर्यटक सङ्ख्या बढ्नुमा प्रमुख कारण भ्रमण वर्ष भएको भन्दै उहाँले पर्यटकीय दृष्टिले अथाह सम्भावन भएको चितवनको पर्यटन प्रर्द्धन तथा विस्तारमा सहयोग पुग्ने कार्यक्रम सञ्चलन गर्नुपर्नेमा जोड दिनुभयो ।

अब धार्मिक पर्यटनलाई प्राथमिकता दिँदै देवघाटधाम महोत्सवसहित जङ्गल सफारी, म्याराथन दौडलगायत पर्यटन प्रवर्द्र्नमा सहयोग पुग्ने कार्यक्रम गर्ने पक्षमा महानगरपालिका रहेको डा सुवेदीले बताउनुभयो ।

भ्रमण वर्षका अवसरमा सर्वसाधारणले अवलोकन गर्न सक्नेगरी देवनगरमा अन्यत्रबाट उद्धार गरी ल्याइएको पाटेबाघ राखिएका छन् । पछिल्ला दिनमा देवनगरमा पाटेबाघ हेर्न आउनेको भीड देखिन्छ । यस्तै दियालो बङ्गला सर्वसाधारणका लागि खुला गरिएको छ । यो पर्यटकका लागि अर्को महत्वपूर्ण नयाँ गन्तव्य बनेको छ ।

मुलुकको समग्र अर्थतन्त्रमा मन्दी आएको विद्यमान अवस्थामा आयोजना गरिएको भरतपुर–भ्रमण वर्षबाट पर्यटन व्यवसायसँगै चितवनसहित आसपासका क्षेत्रको आर्थिक क्षेत्र केही हदसम्म चलायमान भएको छ । महानगरपालिकाले भ्रमण वर्षको आयोजनाबाट समग्र भरतपुरसँगै चितवन र चितवनवासीको जीवनस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरेको छ । यस वर्षको अनुभव र प्राप्त रायसुझावलाई दृष्टिगतगरी आगामी वर्ष पर्यटन क्षेत्रको विकास एवं विस्तारमा सहयोग पुग्ने सिर्जनात्मक एवं रचनात्मक कार्यक्रम सञ्चालन गर्ने भरतपुर महानगरपालिकाले प्रतिबद्धता व्यक्त गरेको छ ।  रासस