१८ श्रावण २०८३, सोमबार
,
Latest
सूक्ष्म, साना तथा मझौला उद्योगलाई जोगाउन पुनरुत्थान कार्यक्रम आवश्यक : पूर्वअर्थमन्त्री खनाल सुर्खेतको मालिका सामुदायिक वनमा ३९ लाख हिनामिना, ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा १० प्रतिशत निःशुल्क शय्या सेवामा मन्त्रालयको कडाइ,सबै अस्पतालका सम्पर्क व्यक्तिहरूको विवरण सार्वजनिक राष्ट्रको समृद्धि र पूर्वाधार विकास दक्ष इन्जिनियरको भूमिकामा निर्भर : मन्त्री श्रेष्ठ डिजिटल हिंसा नियन्त्रण गर्न कानूनी सुधार अपरिहार्यः मन्त्री वादी मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा जनशक्ति र प्रविधि अभावमा साइबर अपराध अनुसन्धान चुनौतीपूर्णः गृहसचिव श्रेष्ठ मधेशका हिंसात्मक घटनाप्रति नेसनल प्याब्सनको चिन्ता, शान्ति र सद्भाव कायम गर्न आग्रह मधेस प्रदेशमा खानेपानी र जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन राष्ट्रिय सभामा पेशः ६० प्रतिशत हातेपम्प सुकेको… राष्ट्रिय सभामा मधेसी आयोगको वार्षिक प्रतिवेदन प्रश्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ नेत्र विशेषज्ञ डा रुइत सम्मानित



अ+ अ-

काठमाडौँ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्‍याउनु भएको विशिष्ट योदानको कदर गर्दै अभिनन्दन गरेको छ ।

सभामुख देवराज घिमिरेले आज यहाँ आयोजित समारोहमा उहाँलाई अभिनन्दन गर्नुभयो । ताप्लेजुङ ओलाङचुङगोलामा जन्मेर विश्वस्तरीय आँखा अस्पतालको विकास र बिरामीको उपचार गरी नेपाललाई आँखा उपचारसम्बन्धी संसारकै शैक्षिक ‘हव’का रुपमा विकास गर्न उहाँ सफल हुनुभएको छ ।

न्यून मूल्यमा विश्वस्तरीय लेन्स उत्पादन गरी मोतिबिन्दुको शल्याक्रियामा सरलीकरण गर्दै सीमान्तकृत व्यक्तिका लागि ‘दृष्टिका देवता’का रुपमा डा रुइत चिनिनुभएको अभिनन्नद पत्रमा उल्लेख छ । डा रुइतले यसअघि एसियाको सबैभन्दा ठूलो ‘रामोन मेगसेसे पुरस्कार’ बहराइन सरकारबाट प्रदान गरिएको ‘इसा अवार्ड’, भारत सरकारबाट पद्मश्री पदकका साथै विभिन्न मुलुकबाट पुरस्कार र सम्मान पाइसक्नुभएको छ ।

सो अवसरमा सभामुख घिमिरेले हिमाली र पहाडी जिल्लाका रुपमा ताप्लेजुङ सौन्दर्य, मनमोहक र आकर्षणसहित विविधतायुक्त रहेको र अहिलेसम्म आइपुग्दा गरिबी र अभावका कारण पछि परेतापनि यसको भविश्य भने सुन्दर रहेको बताउनुभयो । “यो सुन्दर भविष्य निर्माण गर्ने ताप्लेजुङका जनताका प्रतिनिधित्व गर्ने संस्था र विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तित्व र राजनीतिक नेतृत्वबाट जिल्लालाई कसरी विकास र समृद्धिमा अघि डोहोर्‍याउने सफल हुनेछन्”, उहाँले भन्नुभयो ।

कार्यक्रममा सभामुख घिमिरेले केन्द्रले जिल्ला र त्यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विविधतासम्बन्धी विषय समेटी प्रकाशित गरेको पुस्तक लोकार्पण गर्नुभएको थियो ।

नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री योगेश भट्टराईले देशका प्रमुख दुई राजनीतिक दल मिलेर गठन भएको वर्तमान सरकारले राजनीतिक स्थायित्व र समृद्धिका क्षेत्रमा योगदान दिन सकियोस् भन्ने हेतुले काम गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “देशलाई धेरै प्रयोगशाला नबनाऔँ, यी दुई दल इतिहासका निर्मातासँगै एकआपसका प्रतिस्पर्धी पनि हुन्, लोकतन्त्र प्राप्ति, शान्ति प्रक्रिया, संविधान निर्माणलगायत इतिहासका कठिन मोडमा मुलुकलाई अग्रगमनमा लैजान योगदान दिएका दल हुन् ।”

अस्थिर राजनीतिका कारण इतिहासको महत्वपूर्ण क्षणमा एक ठाउँमा आउनुपरेको उल्लेख गर्दै एमाले सांसद भट्टराईले वर्तमान सरकार गठन भएसँगै सकारात्मक सन्देश आमजनतामा गएकाले राष्ट्रिय आत्मविश्वास बढाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

ताप्लेजुङवासीका रुपमा डा रुइतले खेल्नुभएको भूमिकाका आधारमा उहाँ सम्मानित हुनुभएको प्रसङ्ग उल्लेख गर्दै सभामुख घिमिरेले डा रुइतको योगदान र व्यक्तित्व स्वदेशमा भन्दा विदेशमा उच्च रहेको बताउनुभयो ।

सम्मानित व्यक्तित्व डा रुइतले कञ्जनजङ्गा हिमाल क्षेत्रको सदुपयोग गरी राष्ट्रले लाभ लिने र तमोर करिडोर सडक निर्माणलाई छिटो सम्पन्न गर्ने कार्यमा ध्यान पुर्‍याउन सरकार, संसद् र राजनीतिक दललाई सुझाव दिनुभयो ।

प्राडा सुरेन्द्र केसीले लोकतन्त्र जीवनपद्धति भएकाले समाजलाई सही दिशानिर्देश गर्न र राष्ट्रको गौरव बढाउन यसको मर्म र भावनाअनुसार राजनीतिक दल र सरकारले कार्य सम्पादन गर्नुपर्छ भन्नुभयो । सरोकार केन्द्रका अध्यक्ष टङ्क श्रेष्ठले ताप्लेजुङको भाषा, संस्कृति, वेशभूषा, राजनीतिक, आर्थिक, सामाजिक पक्षलाई समेटेर प्रकाशित गरिएको पुस्तकको अध्ययनबाट सो क्षेत्रको इतिहासबारे बुझ्न र बुझाउन सहज हुने बताउनुभयो । रासस




भर्खरै