१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

ऐन निर्माणबाट संविधानको कार्यान्वयनमा बल पुग्छ: उद्योगमन्त्री भण्डारी

ऐन निर्माणबाट संविधानको कार्यान्वयनमा बल पुग्छ: उद्योगमन्त्री भण्डारी
अ अ+ अ-

काठमाडौँ । उद्योग,वाािण्ज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समितिमा विचाराधिन विधेयकलाई संसदमा छिटो पठाउन सांसदहरुले चासो दिनुपर्ने बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा संशोधन कर्ता सदस्यहरुले उठाएका प्रश्नहरुबारे बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

समितिमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रश्तावकर्ता सदस्यहरुसँग छलफल भएको थियो । बैठकमा बोल्दै मन्त्री भण्डारीले विधेयकहरु अन्य समितिमा पनि छलफल र संशोधनका क्रम जारी रहेको बताउनु भयो । उहाँले संसदको गत अधिवेशनमा पास गर्नुपर्ने जति कानूनहरु पास हुन नसकेको भन्दै अहिले विशेष ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले समिति सदस्यहरुको चासो, सरोकार र प्राथमिकतामा विधेयकहरु पर्नुपर्ने भन्दै सरकारको तर्फबाट पनि संसदलाई बढी भन्दा बढी बिजनेस दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले कानून निर्माण संविधान कार्यान्वयनका लागि महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले ऐन निर्माणबाट संविधानको कार्यान्वयनमा बल पुग्ने बताउनु भयो । मन्त्री भण्डारीले प्रदेश वा स्थानीय तहमा संघीय संसदका कानूनहरु निर्माण भइसकेपछि मात्रै कानून लागू हुने र संघका आधारमा कानून निर्माण गर्ने हुँदा संघमा छिटो भन्दा छिटो कानून पारित गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विधेयकहरु महत्वपूर्ण छन् । अन्य समितिहरुमा पनि यसैगरी छलफल र संशोधनका क्रम जारी छन् । गत संसदको अधिवेशनमा पनि हामीले जति कानूनहरु पास गर्नुपर्ने थियो, त्यो हुन सकेन । यतिखेर अलि बढी मान्यज्युहरुको चासो, सरोकार र अझ सरकारको तर्फबाट पनि बढी संसदलाई बिजनेस दिनुपर्छ । अहिलेका अत्यावश्यक कानूनहरु जो जरुरी छन्, संविधान कार्यान्वयनका लागि पनि अत्यावश्यक छन्, दूरगामी महत्वका ऐनहरु । यतिखेरको ति ऐनबाट संविधानको कार्यान्वयनमा बल पुग्छ । हामीले प्रदेश वा स्थानीय तहमा संघीय संसदका कानूनहरु निर्माण भइसकेपछि मात्रै तल पनि त्यो आधारमा कानून लागू हुने वा त्यो आधारमा कानून निर्माण गर्ने क्रम रहन्छ । त्यसैले यतिखेर मान्यज्युहरुले बढी सहभागिता, उत्सुकता देखाएर संसदलाई पनि बिजनस दिने र कानूनका अभावले प्रभावित भएका थुप्रै कामहरुलाई डेलिभरी दिन सकिन्छ । सरकारलाई प्रभावकारी बनाउन सकिन्छ ।’

मन्त्री भण्डारीले समितिमा विधेयकमा सांसदहरुले बढी सहभागिता, उत्सुकता देखाउन जरुरी रहेको बतउनु भयो । कानून निर्माणसँगै कानूनका अभावले प्रभावित भएका थुप्रै कामहरुलाई डेलिभरी दिनसक्ने र सरकारलाई प्रभावकारी बनाउन सकिने बताउनु भयो ।