४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

किताव जात्रा २०८१ को छैटौं संस्करण सुरु



अ+ अ-

काठमाडौँ । किताव जात्रा २०८१ को छैंटौं संस्करण आजबाट सुरु भएको छ । दुई दिनसम्म चल्ने महोेत्सवको उपप्रधान तथा अर्थ मन्त्री बिष्णु प्रसाद पौडेलले उद्घाटन गरेका हुन् ।

आर्मी अफिर्सस क्लव सुन्धारामा सुरु भएको महोत्सवमा कला, साहित्य, संस्कृतिका विभिन्न आयामहरुबारे छलफल हुने आयोजकले जनाएको छ ।

महोत्सवको पहिलो दिन दीपक सापकोटाको मध्यस्थतामा लेखकहरु अमर न्यौपाने, राधा पौडेल र विवेक ओझासँग सिर्जनामा सामाजिक चेतना: हिजो र आज नामको छलफल हुँदैछ ।

त्यस्तै, फिल्म निर्देशक मनोज पण्डितको मध्यस्थतामा दिपेन्द्र गौचन, प्रदिप भट्टराई र क्रृचा शर्मासँग सिनेमा मन्थन: नेपाली सिनेमाको सपना शिर्षकमा छलफल हुने आयोजकको भनाई छ ।

विप्लप प्रतिकको साथमा कविता साँझको पनि आयोजना हुँदैछ । त्यस्तै ओपन माइक सेसन अन्तर्गत महोत्सवमा सहभागीहरुले पनि आफ्नो सिर्जना सुनाउन सक्नेछन् ।

महोत्सवको दोस्रो तथा अन्तिम दिन स्टाटिङ अप विथ स्टार्ट अप्स् शिर्षकको प्यानल डिस्कसन हुनेछ । त्यस्तै, नेपाली साहित्यमा समिक्षकको उपस्थिती, मुलधारबाट सधैं उपेक्षामा कला, हाँस्य विधा: शक्ति र चुनौती, संञ्चारका सारथी लगायतका बिषयमा छलफल हुनेछ ।

दर्जन बढी कितावका स्टलसँगैै कलाका अन्य स्टलहरुले महोत्सवलाई आकर्षक बनाएको छ ।