२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोजगार र स्वरोजगार प्रवर्धनमा घरेलु तथा साना उद्योगको भूमिका महत्त्वपूर्ण: अर्थमन्त्री



file photo
अ+ अ-

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले रोजगार र स्वरोजगार प्रवर्धनमा घरेलु तथा साना उद्योगको महत्त्वपूर्ण भूमिका भएको बताउनुभएको छ ।

बुधबार नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधि मण्डलसँग अर्थ मन्त्रालयमा छलफल गर्दै एमाले उपाध्यक्ष समेत रहनुभएका पौडेलले देश भित्रै रोजगारी सिर्जनाको लागि घरेलु तथा साना उद्योग प्रवर्द्धन गर्न आवश्यक रहेको बताउनुभयो । त्यस्ता उद्योगलाई प्रवर्धन गर्ने सरकारको नीति रहेको उहाँले बताउनुभयो ।

सरकारको ध्यान सबैलाई उत्साहका साथ आफ्नो पेसा, व्यवसाय र उत्पादनमा लाग्न सक्ने परिस्थिति निर्माण गर्नमा केन्द्रित रहेको उहाँले प्रष्ट पार्नुभयो । नागरिकको विश्वासको जरामा पानी हाल्ने काम सरकारको भएको उहाँले बताउनुभयो ।

घरेलु तथा साना उद्योग देशमा अझै विस्तार गर्न सकिने प्रचुर सम्भावना रहेको पौडेलले बताउनुभयो । ‘यो क्षेत्र स्वरोजगारीका लागि पनि महत्त्वपूर्ण माध्यम हो, त्यसैले घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति छ’, उहाँले भन्नुभयो ।

घरेलु तथा साना उद्योग प्रवर्धनको लागि त्यससँग सम्बन्धित कानुन बनाउन र सुधार गर्न सरकार तयार रहेको उहाँले बताउनुभयो । घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धनका निम्ति कानुन, नियम, निर्देशिका तथा निर्णयहरूमा ध्यान दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।