२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रत्यक्ष कार्यकारी प्रमुखका लागि संविधान संशोधन भए सहयोग गर्छौं: माओवादी सांसद बेलवासे



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)की सांसद गंगाकुमारी बेलवासेले प्रत्यक्ष कार्यकारी प्रमुखका लागि संविधान संशोधन भए आफूहरु सहयोग गर्ने बताउनुभएको छ ।

मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रत्यक्ष कार्यकारी प्रमुख भएको खण्डमा देशमा स्थिरता आउनसक्ने बताउनु भयो । उहाँले नयाँ सरकारले संविधान संशोधन गर्ने कुरा गरेको भन्दै पूर्ण समानुपातिकमा जान आग्रह गर्नुभयो । उहाँले चुनाव खर्चिलो भयो भनेर समानुपातिकलाई दोष दिइएको बताउनु भयो । पूर्ण समानुपातिकमा जानका लागि निर्वाचन प्रणाली संशोधन गर्ने भए स्थिर सरकार निर्माण गर्न सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नयाँ सरकार आएको छ, हामी संविधान संशोधन गर्छौं भन्नेकुराहरु एउटा ज्वारभाटा जस्तो फैलिएको छ । निर्वाचन प्रणालीलाई दोष दिइएको छ । जनताबाट निर्वाचित हुने कार्यकारी प्रमुख निर्वाचन गर्न हामी पहिल्यैबाट तयार छाँै । त्यसलाई अगाडि बढाउँदा सरकार स्थिर हुनसक्छ । सरकार भनेजसरी चल्न सक्छ । त्यसको लागि आँट गर्नुहुन्छ भने हामी सहयोग गर्नेछौँ । चुनाव खर्चिलो भयो भनेर समानुपातिकलाई दोष दिइएको छ, दलितलाई दोष दिइएको छ, महिलालाई दोष दिइएको छ । त्यस्तो होइन, पूर्ण समानुपातिक व्यवस्थामा जाऔँ । पूर्ण समानुपातिकमा जानका लागि निर्वाचन प्रणाली संशोधन गर्छ भने स्थिर सरकार निर्माण गर्न सकिन्छ ।’

सांसद बेलवासेले शंकाको घेरामा रहेका मन्त्रीहरुलाई सांसद बनाएको भन्दै आपत्ति जनाउनु भयो ।




भर्खरै