५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रत्यक्ष कार्यकारी प्रमुखका लागि संविधान संशोधन भए सहयोग गर्छौं: माओवादी सांसद बेलवासे



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)की सांसद गंगाकुमारी बेलवासेले प्रत्यक्ष कार्यकारी प्रमुखका लागि संविधान संशोधन भए आफूहरु सहयोग गर्ने बताउनुभएको छ ।

मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रत्यक्ष कार्यकारी प्रमुख भएको खण्डमा देशमा स्थिरता आउनसक्ने बताउनु भयो । उहाँले नयाँ सरकारले संविधान संशोधन गर्ने कुरा गरेको भन्दै पूर्ण समानुपातिकमा जान आग्रह गर्नुभयो । उहाँले चुनाव खर्चिलो भयो भनेर समानुपातिकलाई दोष दिइएको बताउनु भयो । पूर्ण समानुपातिकमा जानका लागि निर्वाचन प्रणाली संशोधन गर्ने भए स्थिर सरकार निर्माण गर्न सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नयाँ सरकार आएको छ, हामी संविधान संशोधन गर्छौं भन्नेकुराहरु एउटा ज्वारभाटा जस्तो फैलिएको छ । निर्वाचन प्रणालीलाई दोष दिइएको छ । जनताबाट निर्वाचित हुने कार्यकारी प्रमुख निर्वाचन गर्न हामी पहिल्यैबाट तयार छाँै । त्यसलाई अगाडि बढाउँदा सरकार स्थिर हुनसक्छ । सरकार भनेजसरी चल्न सक्छ । त्यसको लागि आँट गर्नुहुन्छ भने हामी सहयोग गर्नेछौँ । चुनाव खर्चिलो भयो भनेर समानुपातिकलाई दोष दिइएको छ, दलितलाई दोष दिइएको छ, महिलालाई दोष दिइएको छ । त्यस्तो होइन, पूर्ण समानुपातिक व्यवस्थामा जाऔँ । पूर्ण समानुपातिकमा जानका लागि निर्वाचन प्रणाली संशोधन गर्छ भने स्थिर सरकार निर्माण गर्न सकिन्छ ।’

सांसद बेलवासेले शंकाको घेरामा रहेका मन्त्रीहरुलाई सांसद बनाएको भन्दै आपत्ति जनाउनु भयो ।