९ श्रावण २०८३, शनिबार
,
Latest
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुवा खेल्दै गरेको अवस्थामा ९ जना पक्राउ, १० लाख बरामद



अ+ अ-

काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । सोमबार जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरूलाई चुनदेबीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका-५ बस्ने २१ वर्षीय करिब देउला, सिन्धुपाल्चोकका ४६ वर्षीय अशोक लामा, ताप्लेजुङका ३८ वर्षीय नारायण लाबुङ, काठमाडौं बसन्तपुरका २१ वर्षीय निलेश महर्जन, काठमाडौंकै ४५ वर्षीय राजेश श्रेष्ठ, बुढानिकण्ठकी ३३ वर्षीया सरिता देउला, काठमाडौं डल्लुका ४८ वर्षीय दीपक महर्जन, काठमाडौं कालिमाटीका ४८ वर्षीय विवेक महर्जन र काठमाडौं डल्लुका ५२ वर्षीय प्रकाश शाही रहेका छन् ।

काठमाडौं महानगरपालिका-४ चुनदेवीस्थित यमकुमारी आलेको तीन तले घरको छतमा जुवा खेलेको र खेलाएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

जुवा खेलेको स्थानबाट १३ वटा ओखरसहित १० लाख ११ हजार रुपैयाँ बरामद भएको छ ।