१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

कुलमानको अडान: डेडिकेटेड र ट्रंक लाईनको वक्यौता रकम असुली गर्छौं

कुलमानको अडान: डेडिकेटेड र ट्रंक लाईनको वक्यौता रकम असुली गर्छौं
अ अ+ अ-

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा रहेको डेडिकेटेड तथा टं«क लाईन वक्यौता रकम असुली गर्ने अडान राखेको छ ।

प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङको बेला आम उपभोक्तालाई पनि ६ वटा उद्योगमा सस्तोमा दिइएको उल्लेख गर्दै त्यसलाई असुली गर्ने अडान राख्नुभएको हो ।

शुक्रवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले विना बिल सो लाइनको वक्यौता रकम असुली गर्न खोजिएको भन्ने भनाई पनि सत्य नभएको दाबी गर्नुभयो । रेकडेट विद्युतमा प्रिमियम जोडेर ती उद्योगहरुमा बिल पठाएकाले त्यसमा बिल थिएन भन्ने कुरा सत्य नभएको प्रवन्ध निर्देशक घिसिङको भनाई थियो । उहाँले लोडसेडिङको बेला आम उपभोक्तालाई प्रतियुनिट विद्युत १३ रुपैयाँ हुँदा पनि उद्योगका लागि साढे ८ प्रतिशत मात्रै मूल्य तोकिएको स्मरण गराउनु भयो ।

प्रवन्ध निर्देशक घिसिङले भन्नुभयो,‘डेडिकेटेड र ट्रंक लाईनको लोडसेडिङको बेलामा हामीले इण्डियाबाट पनि इम्पोट गरेका थियौ । केही समय हामीले लोडसेडिङ घटाउने गरेर हेटौँडा डिजेल प्लान्ट पनि चलाएका थियौं । त्यो इम्पोर्ट गर्ने कस्ट बढेको पनि होला । तर डेडिकेटेडको पैसा तिर्दा पनि उहाँहरुले पर युनिट साढे ११ रुपैयाँ भन्दा परेको छैन । जबकी नर्मल टेरिफ १३ रुपैयाँ थियो त्यो बेला पब्लिकले तिरेको । तर पब्लिकलाई त लोडसेडिङ थियो नि त ।

उहाँलाई नर्मल टेरिफ चाहीँ साढे ८ को हाराहारीमा थियो । अब ६०/६५ प्रतिशत प्रिमियम चार्ज हो । प्रिमियम चार्ज मात्रै लगाएको हो । हाम्रो बिल नै थिएन । नभएको बिल जेनेरेट गर्‍यो भन्ने कदापि होइन । हाम्रो जुन इनर्जी छ । त्यो सधै रेकडेट इनर्जी हो । त्यो रेकडेट इनर्जीमा मात्रै हामीले थप प्रिमियम लगाएर मात्रै बिलिङ गरिएको अवस्था हो । त्यो भएको हुनाले यसलाई हामी उठाउनु पर्छ भन्ने लाईनमा हो ।’

प्रवन्ध निर्देशक घिसिङले दक्षिण एशियामा भूटानबाहेक नेपालको विद्युत सबैभन्दा सस्तो भएको जानकारी पनि दिनुभयो । उहाँले आफूले प्राधिकरणको नृतृत्व लिएपछि हालसम्म करिव २५ प्रतिशत विद्युत महशुल घटाएको र करिव २५ लाख सर्वसाधरणलाई नि:शुल्क विद्युत उपभोग गर्ने अवस्था बनाएको दाबी समेत गर्नुभयो ।

प्रवन्ध निर्देशक घिसिङले भन्नुभयो ‘बिल नै दिएको छैन भन्ने विषय हरेक उद्योगलाई हामीले क्याल्कुशलेशन गरेर बिल दिएका छौं । हामीले हरेक टीन वान, टि टु, टि थ्री भनेर हामी इनर्जी कति थियो, उसले कति तिर्‍यो र बाँकि पैसा कति हो रु भनेर हामीले यसरी बिलिङ गरेका छौं । टिओडीको पनि आवश्यक डाटा हामीसँग छ । त्यो आवश्यक नै होइन । उहाँहरुलाई यो बिलको लागि त्यो आवश्यक नै होइन । र लो प्राफाईलसहितको डाटा हामीले फेरिफाई गर्नका लागि यो डेडिकेटेड लाईन भनेको लोडसेडिङको समय घटाउनका लागि उहाँहरुले डेडिकेटेड युज गर्नुभएको हो । त्यो लोडसेडिङको बेला सबैले चलाएको छ । कसैले २४ घण्टा चलाएको होला, कसैले १८ घण्टा, कसैले २० घण्टा चलाउको होला । तर १५, १६ घण्टा लोसेसेडिङ भएको बेला त्यो चलाएकै छ । तर हामीसँग जति मिटरको डाटा हुन्छ । हामीेले नर्मल बिलको शुल्क शुरुमै पठाएका थियौं । अहिले पनि हामीले गरेका छौं । त्यसकारण त्यो भनाईमा सत्यता छैन । अब विद्युत प्राधिकरण कसरी मिटरब्याजी हुन्छ रु ६ वर्षसम्म नतिर्दा पनि २५ प्रतिशत मात्रै पेनाल्टी, अनि ६० दिन नतिर्दा पनि २५ प्रतिशत मात्रै पेनाल्टी रु यो कसरी मिटरब्याजी हुन्छ रु २५ प्रतिशत मात्रै हो पेनाल्टी जति महिना ढिला भएपनि । तर तिरेन भने हामी लाईन काट्छौैँ । त्यसो भएकाले त्यसलाई मिटरब्याजी भनिदैन । नेपालको विद्युतको प्राईस यो रिजनको भूटानबाहेक यो रिजनको सबैभन्दा सस्तो विद्युत हो ।

सबभन्दा सस्तो विद्युत हो । आजको दिनमा अहिले हामीले उद्योगीहरुलाई ४ रुपैयाँ ७५ पैसा रातभरी दिइराखेका छौं । मैले इन्डियामा बेच्यो भने रातभरीमा १० रुपैयाँ आईसकेको हुन्छ । उहाँहरुलाई दिईराखेका छौ त ४ रुपैयाँ ७५ पैसामा । यति सस्तोमा उहाँहरुलाई विद्युत दिइरहेका छौं । टोटल एभरेजमा नौ रुपैयाँ पर्न आउँछ । यहाँ नेपालमा उद्योगका साथीहरुले भन्दा हाम्रो पब्लिक कम्ज्युमरले बढी तिरिराखेको छ । त्यो भएको हुनाले नेपालको विद्युत सस्तो छ । त्यसमा म आएपछि ३ चोटी विद्युतको प्राईस घटाइएको छ । २०७२ सालमा जुन प्राईस थियो, २०७४, ७५ तिर १५ प्रतिशत घटयो । २०७६ तिर ५ प्रतिशत, अनि अस्ती ५ प्रतिशत गरेर २५ प्रतिशत प्राईज घटेको छ । यति घटाएर पनि करिव २५ लाख गाउँगाउँका ग्राहकले फ्रिमा बत्ति बालि राखेका छन् । र सिंचाईको ग्राहकलाई हामीले २ रुपैया युनिटमा दिईराखेका छौं । यसका कहीँबाट पनि गोभरमेन्टले सबसिटी दिईराखेको छैन । ’

प्रवन्ध निर्देशक घिसिङले प्राधिकरणले आफूले आर्जन गरेको नाफा पनि विद्युतको ट्रान्समिसन लाइन लगायतको पूर्वाधार निर्माणको खर्च गरेको स्पष्टिकरण पनि दिनुभयो ।