७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

तयारी कम भएको अनुभव भयो: कप्तान जेनिसा



अ+ अ-

काठमाडौँ । काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेको नेपाली टोली स्वदेश फर्किएको छ ।

भलिबल टोली बिहीवार दिउँसो नेपाल आएको हो । मालेमा मंगलवार नेपालले घरेलु टोली माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान प्राप्त गरेको थियो । खेल नेपालले २५–१५, २५–१०, २५–१४ ले जितेको थियो । सेमिफाइनलमा नेपाल किर्गिस्तानसँग ३–० को सेटमा पराजित भएको थियो ।

त्यसअघि लिग चरणमा श्रीलंकासँग ३–१ र किर्गिस्तानसँग ३–० सेटको हार व्यहोरेको नेपालले माल्दिभ्सलाई ३–० को सेटमा हराएको थियो ।

यु–२० महिला भलिबल टिमीक कप्तान जेनिसा विश्वकर्माले प्रतियोगिता आफ्नो तर्फबाट राम्रो भएको बताउनु भयो । नेपालले उपाधि जितोस् भनने चाहना भएपनि आफूहरुले राम्रो खेल खलेको बताउनु भयो । विपक्षी टिम राम्रो रहेको र नेपालको तयारी कम भएको अनुभव भएको बताउनु भयो ।

चार देशसम्मिलित प्रतियोगितामा किर्गिस्तान च्याम्पियन बनेको छ ।