• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

आईकाओको रिपोर्ट एक हप्ताभित्र पर्यटन समितिमा पेश गर्न पर्यटन मन्त्रीलाई संसदीय समितिको निर्देशन



काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आईकाओको रिपोर्ट एक हप्ताभित्र समितिमा पेश गर्न निर्देशन दिएको छ ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले मन्त्रीलाई यस्तो निर्देशन दिएको हो । समिति बैठकमा बोल्दै समिति सभापति राजकिशोर यादवले मन्त्री पाण्डेलाई सन् २०२२ को रिपोर्ट एक हप्ताभित्र आईकाओको रिपोर्ट समितिमा पेस गर्न निर्देशन दिनुभयो ।

उहाँले समितिको अर्को बैठकमा मन्त्री उपस्थित हुँदा समितिले दिएका सम्पूर्ण निर्देशन लिखित रूपमा ल्याउन सभापति यादवले निर्देशन दिनुभयो । उहाँले प्राधिकरण टुक्राउने विधेयक कहाँ कस्तो अवस्थामा रहेको हो रु सो बारेमा समितिलाई जानकारी उपलब्ध गराउन पनि निर्देशन दिनुभयो । उहाँले कोरिया जाने नेपाली कामदारको आउजाउमा कोरियन एयरलाइन्सको विकल्प लगायतका विषयमा आगामी बैठकमा कार्ययोजनासहित उपस्थित हुन मन्त्रीलाई निर्देशन दिनुभयो । उहाँले यति एयरलाइन्स दुर्घटनाको छानबिन रिपोर्ट अर्को बैठकमा उपलब्ध गराउन निर्देशन दिनुभयो । उहाँले ईयूको कालो सूचीबाट नेपाल नहट्नु पछाडिको कारण र त्यसमा क–कसको चलखेल भएको हो स्पष्ट तथ्य पेश गर्न समेत निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो,‘आईकाओको प्रतिवेदन समितिलाई पठाउन पर्यटन मन्त्रालयलाई पत्र नै लेखेको छ । अब समितिले पत्र लेख्न नपरोस् । अबको एक हप्ताभित्र समितिलाई प्रतिवेदन उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन गर्दछु । प्राधिकरण विधेयक कहाँ छ । कुन अवस्थामा छ । मन्त्रीको पहल कदमीमा मन्त्रीपरिषद्बाट संदनमा आउन सक्छ की सक्दैन । मन्त्रीलाई प्राधिकरण विधेयकमा समस्या भयो । समितिलाई जानकारी गराउनुस् प्रधानमन्त्रीसँग कुरा गर्नुपरे पनि समितिले कुरा गर्नेछ । अर्को बैंठकमा आउँदा उक्त विधेयकको विषयमा सही जानकारी गराउनुपर्‍यो । इयु सेपिm्ट लिस्टको विषयमा डेढ वर्ष भयो । अब हामीले रिजल्ट हेर्ने हो ।

अर्को बैठकमा आउँदा इयु सेपिm्टलिस्टमा कति दिनमा हामी च्यानपेन हुन्छौं । तयार गरेर आउन मन्त्रीलाई निर्देशन गर्दछु । कोरियन एयरलाइन्सको विषय दुई देशको कुरा हो । कोरियन एयरलान्इस नेपाल आउने तर नेपाली एयरलाइन्स कोरिया जान केके गर्नुपर्छ । नेपालको जहाज कोरिया कसरी जाने त्यो सम्बन्धि केके गर्नुपर्छ र मैले यसरी का गदैछु भन्ने कार्ययोजनासहित आउन मन्त्रीलाई निर्देशन गर्दछु । पोखरामा दुर्घटना भएको यति एयरलाइन्स विमानको छानविन आयोगले दिएको प्रतिवेदन समितिलाई उपलब्ध गराउन निर्देशन गर्दछु । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र पसलहरु राख्ने दिएको सम्झौताहरु एक हप्ताभित्र समितिलाई उपलब्ध गराउन निर्देशन गर्दछु ।’

उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र पसलहरु राख्ने दिएको सम्झौताहरु एक हप्ताभित्र समितिलाई उपलब्ध गराउन निर्देशन दिनु भयो ।