१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

आईकाओको रिपोर्ट एक हप्ताभित्र पर्यटन समितिमा पेश गर्न पर्यटन मन्त्रीलाई संसदीय समितिको निर्देशन

आईकाओको रिपोर्ट एक हप्ताभित्र पर्यटन समितिमा पेश गर्न पर्यटन मन्त्रीलाई संसदीय समितिको निर्देशन
अ अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आईकाओको रिपोर्ट एक हप्ताभित्र समितिमा पेश गर्न निर्देशन दिएको छ ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले मन्त्रीलाई यस्तो निर्देशन दिएको हो । समिति बैठकमा बोल्दै समिति सभापति राजकिशोर यादवले मन्त्री पाण्डेलाई सन् २०२२ को रिपोर्ट एक हप्ताभित्र आईकाओको रिपोर्ट समितिमा पेस गर्न निर्देशन दिनुभयो ।

उहाँले समितिको अर्को बैठकमा मन्त्री उपस्थित हुँदा समितिले दिएका सम्पूर्ण निर्देशन लिखित रूपमा ल्याउन सभापति यादवले निर्देशन दिनुभयो । उहाँले प्राधिकरण टुक्राउने विधेयक कहाँ कस्तो अवस्थामा रहेको हो रु सो बारेमा समितिलाई जानकारी उपलब्ध गराउन पनि निर्देशन दिनुभयो । उहाँले कोरिया जाने नेपाली कामदारको आउजाउमा कोरियन एयरलाइन्सको विकल्प लगायतका विषयमा आगामी बैठकमा कार्ययोजनासहित उपस्थित हुन मन्त्रीलाई निर्देशन दिनुभयो । उहाँले यति एयरलाइन्स दुर्घटनाको छानबिन रिपोर्ट अर्को बैठकमा उपलब्ध गराउन निर्देशन दिनुभयो । उहाँले ईयूको कालो सूचीबाट नेपाल नहट्नु पछाडिको कारण र त्यसमा क–कसको चलखेल भएको हो स्पष्ट तथ्य पेश गर्न समेत निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो,‘आईकाओको प्रतिवेदन समितिलाई पठाउन पर्यटन मन्त्रालयलाई पत्र नै लेखेको छ । अब समितिले पत्र लेख्न नपरोस् । अबको एक हप्ताभित्र समितिलाई प्रतिवेदन उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन गर्दछु । प्राधिकरण विधेयक कहाँ छ । कुन अवस्थामा छ । मन्त्रीको पहल कदमीमा मन्त्रीपरिषद्बाट संदनमा आउन सक्छ की सक्दैन । मन्त्रीलाई प्राधिकरण विधेयकमा समस्या भयो । समितिलाई जानकारी गराउनुस् प्रधानमन्त्रीसँग कुरा गर्नुपरे पनि समितिले कुरा गर्नेछ । अर्को बैंठकमा आउँदा उक्त विधेयकको विषयमा सही जानकारी गराउनुपर्‍यो । इयु सेपिm्ट लिस्टको विषयमा डेढ वर्ष भयो । अब हामीले रिजल्ट हेर्ने हो ।

अर्को बैठकमा आउँदा इयु सेपिm्टलिस्टमा कति दिनमा हामी च्यानपेन हुन्छौं । तयार गरेर आउन मन्त्रीलाई निर्देशन गर्दछु । कोरियन एयरलाइन्सको विषय दुई देशको कुरा हो । कोरियन एयरलान्इस नेपाल आउने तर नेपाली एयरलाइन्स कोरिया जान केके गर्नुपर्छ । नेपालको जहाज कोरिया कसरी जाने त्यो सम्बन्धि केके गर्नुपर्छ र मैले यसरी का गदैछु भन्ने कार्ययोजनासहित आउन मन्त्रीलाई निर्देशन गर्दछु । पोखरामा दुर्घटना भएको यति एयरलाइन्स विमानको छानविन आयोगले दिएको प्रतिवेदन समितिलाई उपलब्ध गराउन निर्देशन गर्दछु । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र पसलहरु राख्ने दिएको सम्झौताहरु एक हप्ताभित्र समितिलाई उपलब्ध गराउन निर्देशन गर्दछु ।’

उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र पसलहरु राख्ने दिएको सम्झौताहरु एक हप्ताभित्र समितिलाई उपलब्ध गराउन निर्देशन दिनु भयो ।