१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

नर्सरी व्यवसायमा धामी परिवारका तीन दशक

नर्सरी व्यवसायमा धामी परिवारका तीन दशक
अ अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ जुडका प्रतापसिंह धामी तीन दशकदेखि नर्सरी व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँका दाजु पानसिंह र भतिज रुपसिंह धामीको पनि छुट्टै नर्सरी छ । उहाँहरूका नर्सरीमा फलफूल, काठ र घर सजावटमा प्रयोग हुने सबै प्रकारका बिरुवा पाइन्छन् ।

तीन जनाले वर्षमा नर्सरी व्यसायबाट रु एक करोडका बोटबिरुवा बिक्री गर्दै आउनुभएको छ । एक जनाले रु ३० लाख देखि रु ५० लाखसम्मका बिरुवा बिक्री गर्नुहुन्छ । उत्पादित बिरुवा बिक्रीबाट एक जनाले रु १० देखि १५ लाखसम्मको आम्दानी गर्दै आएको प्रताप धामी बताउनुहुन्छ ।

एकजना कृषि अधिकृतको सहयोगमा तत्कालीन सुन्दरपुर कृषि तालिम केन्द्रमा तरकारीखेती, बीउबिजन उत्पादन, फलफूलसम्बन्धी एकीकृत १५ दिने तालिम लिएपछि कागतीका बिरुवाको कलमी गरी बिरुवा उत्पादन थालेका उहाँहरूले २०४८ मा नर्सरी व्यवसाय दर्ता गरी व्यावसायिक रूपमा कारोबार प्रारम्भ गर्नुभएको हो ।

कोरोना महामारीअघि नर्सरीबाट उत्पादित बिरुवा वार्षिक रूपमा रु एक करोडका बिक्री हुने गरेका थिए । “दुई वर्ष कोरोना महामारीका कारण व्यवसाय नै चौपट भयो”, प्रतापले भन्नुभयो, “हाल व्यवसायमा गति आएको छ, गत वर्ष रु ५० लाखका बिरुवा बिक्री भए, यस वर्ष रु ५५ लाखका बिरुवा बिक्री भए ।” तीनै जनाको नर्सरीमा दैनिक ज्यालादारीमा चारजनाले रोजगारी पाएका छन् । बिरुवा उत्पादनका २५ जनालाई रोजगारी प्राप्त हुन्छ ।

प्रताप सिंहको डेढ बिघा जग्गामा नर्सरी छ । उहाँ वडाध्यक्षको जिम्मेवारीमा पनि हुनुहुन्छ । साँझ र बिहान कामदारसँगै नर्सरीमा काम गर्नुहुन्छ । यहाँ उत्पादन हुने बिरुवा सुदूरपश्चिमका नौवटै जिल्ला, कर्णाली, लुम्बिनी प्रदेशका विभिन्न जिल्लासँगै निकटवर्ती भारतीय बजारमा बिक्री हुने गरेका छन् । नर्सरीमा आँप, लिची, केरा, एभोकाडो, नरिवल, सुपारी, सपोटा, ल्वाङ, कागती, सुन्तला, अम्बा, कटहर, नासपाती, अनार अमिलोलगायतका फलफूलका बिरुवा उत्पादन हुने गरेका छन् । नर्सरीमा पाँच प्रजातिका लिच्ची र १४ किसिमका आँपका बिरुवा पाइन्छन् । सुपर नेपियर, स्मार्ट नेपियर, बकाइनो, टाँकी, वडहर, भिमल, इपिलइपिल, बडहर, किमु घाँसका साथै बाँस, सिसौ, सिमल, जामुन, टिक, पलोनिया, अगरउड, मलेसियन साल, महागुणी, रुद्राक्ष, रक्तचन्दनका बिरुवा पाइन्छन् ।

नर्सरीमा घर सजावटका बिरुवामा अशोक, बोटलपान, समी, धुपी चाइनापान, इरकापान, एरोकेरिया, पनिस पान, साइकस, निलोना, गुडल, चाँदनी, हेपिकस, हेमेलिया, असारे, लालुपाते गुलाब किन्न गृहिणी आउने गरेका छन् ।