२० भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानमा ‘ग्रिन एण्ड क्लिन’ अभियान सुरु



अ+ अ-

धरान । धरानमा नेपाली कांग्रेसले ‘ग्रिन एण्ड क्लिन’ अभियान सुरु गरेको छ । कांग्रेसले ४२औँ बिपी स्मृति दिवसका अवसर पारेर ‘ग्रिन एण्ड क्लिन’ अभियान सुरु गरेको हो ।

धरान उपमहानगरपालिका–१९ बाट सुरु भएको अभियानका क्रममा नगरवासीलाई सरिफा, बेल, कागती, अम्बा, अमला, तेजपत्तालगायत विभिन्न फलफूलका बिरुवा वितरण गरिएको छ ।

अभियानका क्रममा कांग्रेसले सडक सरसफाइ र डेङ्गुका लार्भा नष्ट तथा डेङ्गुसम्बन्धी सचेतना पर्चा वितरण साथै डेङ्गु बिरामीलाई औषधि वितरण पनि गरेको छ ।

कांग्रेसका सुनसरी सचिव माधव घिसिङले अभियानको उद्घाटन गर्दै त्यसबाट नगरको सौन्दर्य बढाउन तथा हरियाली कायम गर्न सहयोग पुग्ने बताउनुभयो । गत वर्ष पनि अभियान सञ्चालन भएको थियो । अभियान धरान उपमहानगरपालिका–१, ५, ६, ८, १०, ११, १४, १५, १६, १७, १८ र १९ नं वडामा भदौ १ गतेसम्म अभियान सञ्चालन हुनेछ ।

नेपाली कांग्रेस सुनसरीको १ नं प्रतिनिधिसभा क्षेत्र कार्यसमितिको आयोजना तथा धरान नगर समिति, प्रदेशसभा १ ९१० र १ ९२० समितिको संयोजन र नेपाल महिला सङ्घ, नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दलको सहकार्य एवं सम्बन्धित वडा कार्यसमितिको स्थानीय व्यवस्थापनमा ‘ग्रिन एण्ड क्लिन धरान’ अभियान आयोजना गरिएको हो ।




भर्खरै