२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

भारतमा कोभिडको संक्रमणको संख्या एक करोडनजिकै

भारतमा  कोभिडको संक्रमणको संख्या एक करोडनजिकै
अ अ+ अ-

काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या बिहीबारसम्म एक करोडनजिक पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या ९९ लाख ५६ हजार ५५७ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

गत २४ मा भारतमा कोरोना संक्रमणको कारण ३५५ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४४ हजार ४५१ जना पुगेको छ । 

भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा १ हजार ५४७ जनामा कोरोना भाइरस संक्रमण देखिएको र ३२ जनाको संक्रमणको कारण मृत्यु भएको छ । गत सोमबारसम्म यहाँ कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघेको थियो ।  

मन्त्रालयको पछिल्लो विवरणमा ९४ लाख ८९ हजार ७४० व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा तीन लाख २२ हजार ३६६ सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तिब्रता दिने बताएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १५ करोड ७८ लाख ५ हजार को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताउनु भएको छ ।