१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

बागमती प्रदेश प्रमुख शर्माद्वारा मुख्यमन्त्री लामाको शपथ ग्रहण, आजै मन्त्रिपरिषद् विस्तार

बागमती प्रदेश प्रमुख शर्माद्वारा मुख्यमन्त्री लामाको शपथ ग्रहण, आजै मन्त्रिपरिषद् विस्तार
अ अ+ अ-

मकवानपुर ।बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले शपथ लिनुभएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज एक समारोहबीच नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

मुख्यमन्त्री लामाले सपथ लिनुभएसँगै आजै १० सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मन्त्रीपरिषद्मा नियुक्त मन्त्रीहरुलाईसमेत् मुख्यमन्त्री लामाले प्रदेश प्रमुख शर्माको समुपस्थितिमा सपथग्रहण गराउनुभयो ।

नवनियुक्त मन्त्रीहरुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी, किशोर सिलवाल वन तथा वातावरण, किरण थापा स्वास्थ्य, अमन मास्के भौतिक योजना तथा पूर्वाधार, शुकमाया तामाङ उद्योग वाणिज्य भूमि तथा प्रशासन, प्रेमभक्त महर्जन श्रम, रोजगार तथा यातायात तथा नेपाली कांग्रेसका तर्फबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधु श्रेष्ठलाई विनाविभागीय मन्त्रीको जिम्मेवारी तोकिएको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले  बताउनुभयो ।

शपथ ग्रहण समारोहमा बागमती प्रदेशका सभामुख भुवनकुमार पाठक, उपसभामुख अप्सरा चापागार्इं र निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेल उपस्थित हुनुुहुन्थ्यो ।

बागमती प्रदेशसभाको ६४ जना बहुमत सदस्यहरुको समर्थनमा मुख्यमन्त्री बहादुरसिंह लामालाई मङ्गलबार प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री पदमा नियुक्ति गर्नुभएको थियो । मुख्यमन्त्री लामा नुवाकोट निर्वाचन क्षेत्र २ ९क० बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

बागमती प्रदेशसभाको पहिलो कार्यकालमा नेकपा (एमाले)का तर्फबाट मुख्यमन्त्रीमा डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र एकीकृत समाजवादीका राजेन्द्र पाण्डे हुनुहुन्थ्यो ।

दोस्रो कार्यकालमा नेकपा ९माओवादी०का तर्फबाट मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेल र हाल नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बहादुरसिंह लामा मुख्यमन्त्री बन्नुभएको हो । जम्मकट्टेलको मन्त्रिपरिषद्मा उहाँ आर्थिक मन्त्रालयको मन्त्री हुनुहुन्थ्यो ।

आज विस्तारित मन्त्रिपरिषद्मा जिम्मेवारी नतोकिएका मन्त्रालयको जिम्मेवारी नतोकिएसम्म मुख्यमन्त्री लामाले उक्त मन्त्रालय सम्हाल्नु हुनेगरी प्रदेश प्रमुख शर्माले जिम्मेवारी तोक्नुभएको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।