१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

मुख्यमन्त्री आचार्य: विद्यार्थी राजनीतिदेखि मुख्यमन्त्रीसम्म

मुख्यमन्त्री आचार्य: विद्यार्थी राजनीतिदेखि मुख्यमन्त्रीसम्म
अ अ+ अ-
लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त आचार्य राज्य पुन:संरचनाअन्तर्गत सङ्घीयताबमोजिम स्थापना भएको लुम्बिनी प्रदेश सरकारको छैटौँ र विसं २०७९ मङ्सिरमा सम्पन्न प्रदेशसभा निर्वाचन पछिको चौथो मुख्यमन्त्रीका रुपमा नियुक्त हुनुभएको हो ।
सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सत्ता साझेदारीका लागि गठबन्धन बनेपछि प्रदेश सरकारको पनि सत्ता समीकरण बदलिएको हो । सोही समीकरणका कारण लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)संसदीय दलका नेता जोखबहादुर महरा नेतृत्वको सरकार ढल्यो । त्यसपछि लुम्बिनी प्रदेश एमाले संसदीय दलका उपनेता आचार्य मुख्यमन्त्री बन्नुभएको हो । नवनियुक्त मुख्यमन्त्री आचार्यलाई नेकपा ९एमाले०का २९ र नेपाली कांग्रेसका २७ सहित ५६ प्रदेश सदस्यको समर्थन छ ।
अर्घाखाँची निर्वाचन क्षेत्र नं १ ९क० बाट प्रदेशसभा सदस्यमा दोस्रो कार्यकालका लागि निर्वाचित नवनियुक्त मुख्यमन्त्री आचार्यले पिता टीकाराम र आमा तारादेवी आचार्यका माइलो सन्तानका रुपमा विसं २०२५ साल जेठ २१ गते अर्घाखाँची जिल्लाको सन्धिखर्क–९ अँधेरीमा जन्मनुभएको हो । नवनियुक्त मुख्यमन्त्री आचार्यले कानुनमा स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ ।
विसं २०३५ मा जिल्लाको सिद्धार्थ माध्यमिक विद्यालय हंसपुर अध्ययन गर्दागर्दै विद्यार्थी राजनीतिमा होमिनुभएका उहाँ अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष हुनुभएको थियो । त्यसपछि अनेरास्ववियुको जिल्ला सदस्य हुँदै बुटवल बहुमुखी क्याम्पसको अध्यक्ष हुनुभयो । पार्टीका विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आउनुभएका उहाँ विसं २०७८ मा पार्टी केन्द्रीय सदस्य बन्नुभयो । आचार्य हाल पार्टीको दाङ जिल्ला इञ्चार्जसमेत हुनुहुन्छ ।
विसं २०७४ को प्रदेशसभा निर्वाचनमा अर्घाखाँची प्रदेश क्षेत्र नं १९१० बाट दोस्रोपटक निर्वाचित उहाँ यसअघि लुम्बिनी प्रदेश सरकारको पहिलो मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री, त्यसपछि एमाले नेता लीला गिरी नेतृत्वमा बनेको सरकारमा ग्रामीण खानेपानी तथा सहरी विकासमन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो । यसअघि माओवादी नेता जोखबहादुर महरा नेतृत्वमा बनेको प्रदेश सरकारमा आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारीमा रहनुभएको थियो ।
क्यान्सर, मिर्गौलालगायत घातक रोग लागेर पनि निको हुनुभएका  उहाँ विकासप्रेमी र हक्की स्वभावका नेताका रुपमा परिचित हुनुहुन्छ ।