बंगलादेशको सर्वोच्च अदालतले सरकारले अघि बढाएको सरकारी रोजगारीमा रहेको आरक्षण (कोटा) व्यवस्थामा भारी कटौती गरिदिएको छ ।
अल जजिरा संचारमाध्यमका अनुसार, देशव्यापी रूपमा विद्यार्थीको आन्दोलन जारी रहेकै अवस्थामा सर्वोच्चले फैसला गरेको हो ।
सर्वोच्चले खुला विज्ञापनका लागि ९३ प्रतिशत छुट्याइको छ भने बाँकी ७ प्रतिशतमध्ये ५ प्रतिशत स्वतन्त्रता सेनानीका सन्तान र २ प्रतिशत अपाङ्ग एवं तेस्रो लिंगीका लागि छुट्याउन आदेश दिएको छ ।
यस आदेशपछि वर्तमान विरोध प्रदर्शन मत्थर हुने अपेक्षा गरिएको छ । विरोध प्रदर्शनबाट बंगलादेशमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने नेपाली समेत विभिन्न मुलुकका विद्यार्थी पलायन भइरहेका छन् ।