१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद

संघीय संसद भवनको निर्माणका कार्य समयमै पूरा गर्न सक्दो प्रयास गर्नेछु: उपप्रधानमन्त्री सिंह

संघीय संसद भवनको निर्माणका कार्य समयमै पूरा गर्न सक्दो प्रयास गर्नेछु: उपप्रधानमन्त्री सिंह
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवन थपिएको समयसीमा भित्रै निर्माण कार्य पूरा गर्न आफूले सक्दो पहल गर्ने बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतका संघीय संसदका पदाधिकारीहरुले सो भवनको निर्माण कार्यप्रति सम्बन्धित निकायसँग चासो व्यक्त गरेपछि उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

उपप्रधानमन्त्री सिंहले आफू भर्खरै मन्त्रालयमा आएकाले सम्बन्धित निकायसँग छलफल गरेर त्यसको विस्तृत विवरण सभामुख घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष दाहाललगायतका पदाधिकारीहरुलाई उपलब्ध गराउने र त्यसलाई समयमै अझ राम्रो ढंगले काम गराउन लागिपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय प्राथमिकतामा रहेको सो भवन निर्माणका कार्यमा ढलाई नगरी काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिनुभयो । उपप्रधानमन्त्री सिंहले सो भवन निर्माणका लागि कुनै समस्या भए हटाएर अघि बढ्न पनि आफूले पहल गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विभिन्न कारणवश यो ढिलाई हुन गएको छ । यहाँ सम्माननीय सभामुख, अध्यक्षज्युको इन्ट्रेष्ट के हो भने यो ढिलाई किन भयो, अथवा कन्ट्रोभर्सी केही छ कि ? यसमा अझ राम्रो गर्न सकिन्छ कि ? भन्ने कुरा हो उहाँहरुको । यो २०७६ सालमा नै ओके गरेर यो अगाडि बढेको हो । अब त्यो कामलाई प्र्रोग्रेस गर्दाखेरी यसमा चाहीँ अनावश्यक रुपमा ढिलासुस्ती भएको भए त्यसमा चाँही सबै एलर्ट भएर यसमा चेक गरेर प्रोग्रेस अगाडि बढाउनु पर्‍यो । हाम्रो के छ भने ठेक्कामा दिन्छौं । यसमा ठेकदारले ढिला गर्ने अनि मुद्दामा जाने । अनि यो प्रोजेक्ट त झनझन ढिला हुँदै जाने त्यो ट्रन्ट देखा परिराखेको छ ।

यो त नेपालको परिवेशमा हामीले सोच्नुपर्‍यो । के गरेर अव यसलाई टाइमली गर्नका लागि के गर्दा हुन्छ रु त्यो अव टेक्नेसिएनहरुसहित इन्भल्भ भएकाहरुले हामीलाई जानकारी गरायो भने हामीले हटाउनुपर्ने अवरोधहरु भए हटाएर अघि बढाउँछौं भन्ने कुरा राख्न चाहन्छु । र म सम्माननीय सभामुखज्यु, अध्यक्षज्युलगायतका सबैलाई तपाईहरुले यत्रो चासो दिएर हेरिराखेको यो प्रोजेक्ट हो । यो राष्ट्रिय प्राथमिकताको योजना पनि हो । म यो मन्त्रालयमा आएको छु । यसमा तपाईहरुसँग टचमा भएर यसको जानकारी गराएर टाईमली यसमा सकेसम्म यसमा अझ प्रगति राम्रो गर्नका लागि प्रयास गर्नेछु ।’

त्यस अवसरमा उपप्रधानमन्त्री सिंहले सो भवन समयमै सम्पन्न गर्नका लागि चासो व्यक्त गर्नुभएको भन्दै सभामुख घिमिरे, राष्ट्रिय सभा अध्यक्ष दाहाललगायतप्रति आभार व्यक्त गर्नुभएको थियो ।