७ श्रावण २०८३, बिहीबार
,
Latest
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमलताल दुर्घटना: २३ जनाको शव फेला, नौँ जनाको सनाखत हुन बाँकि (सूचीसहित)



अ+ अ-

चितवन । भरतपुरको सिमलतालमा दुई वटा यात्रुवाहक बस त्रिशूलीमा खस्दा बेपत्ता भएका २३ जनाको शव भेटिएको छ ।

असार २८ गते नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालबाट नदीमा खसेको बसमा सवार २३ जनाको शव भेटिएको सशस्त्र प्रहरी सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

भेटिएकामध्ये आठ पुरुष र एक महिला गरि ९ जनाको सनाखत हुन बाँकि रहेको उनले जानकारी दिए ।

गत शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ नारायणगढ मुगग्लिङ सडकखण्डको सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नं को एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नं को गणपति डिलक्स बस पहिरोले बगाएर त्रिशूली नदीमा खसेको थियो । एञ्जल डिलक्समा ३८ जना र गणपति डिलक्समा २७ जना यात्रु रहेका थिए ।

बसमा सवार रौतहटका नन्दन दास, जुगेश्वर यादव र सरोजकुमार गुप्ता भने हाम फालेर ज्यान जोगाउन सफल भएका छन् ।

फेला परेका शव:

१) ऋषिपाल शाह, भारत

२) विकाश परियार, चितवन

३)रमित कुमार माझी, सर्लाही

४) जय प्रकश ठाकुर, भारत

५) सजाद अन्सारी, भारत

६) सुदिप बिक, चितवन

७) प्रमानन्द पण्डित, बारा

८) किशोर कुमार चौधरी, गणपति डिलक्सको चालक ।

९) अशोक कुमार यादव, रौतहट

१०)ऋषिकुमार सिंह, रौतहट

११)विवेक कुमार, भारत

१२) जितेन्द्र राम महरा, सर्लाही

१३) चन्द्र प्रभा कुमारी, पर्सा

१४) अमृता कुमारी, रौतहट

९ जनाको सनाखत हुन बाँकी ।