२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउन सोमबार यी ५ कुराले भगवान शिवलाई अभिषेक गर्नुहोस्



अ+ अ-

काठमाडौँ । साउन महिनामा भगवान महादेव र माता पार्वतीको विशेष पूजा गरिन्छ । यस अवसरमा मन्दिरहरूलाई भव्य रूपमा सजाइएको छ । साथै मन्दिरहरुमा भव्य पुजाको आयोजना गरिन्छ ।

विशेषगरी साउन सोमबार ठूलो संख्यामा भक्तजनले महादेवको जलाभिषेक गर्ने गर्दछन् । यसबाट भगवान शिव प्रसन्न हुन्छन् । उहाँको कृपाले साधकको हरेक मनोकामना पूरा हुन्छ । यसका साथसाथै सबै प्रकारका दुःख र कष्टहरू पनि हट्छन् ।

यदि तपाई पनि आर्थिक संकट लगायत जीवनमा व्याप्त समस्याबाट मुक्ति पाउन चाहनुहुन्छ भने साउन सोमबारको दिन भगवान शिवलाई यी चिजले अभिषेक गर्नुहोस् ।

– शनिदेवलाई प्रसन्न पार्न वा शनिदोषबाट छुटकारा पाउन चाहनुहुन्छ भने साउनको सोमबार स्नान र ध्यान गरेपछि गंगा जलमा अपराजिताको फूल मिसाएर भगवान शिवलाई अभिषेक गर्नुहोस् । यस समयमा शिव गायत्री मन्त्रको जप गर्नुहोस् । यो उपाय अपनाएमा आर्थिक संकट हट्छ ।

– कुण्डलीमा बुध बलवान बनाउन चाहनुहुन्छ भने साउनको सोमबार गंगा जलमा दुबो मिसाएर भगवान शिवलाई अभिषेक गर्नुहोस् । यस समयमा शिव पंचाक्षरी मन्त्रको जप गर्नुहोस् । यो समाधान अपनाएर व्यवसायले नयाँ आयाम प्राप्त गर्छ ।

– आर्थिक संकटबाट मुक्ति पाउन चाहनुहुन्छ भने साउन सोमबार भगवान शिवलाई उखुको रसले अभिषेक गर्नुहोस् । यो उपाय गर्नाले धन सम्बन्धी समस्या पनि हट्छ ।

– यदि भगवान शिवलाई प्रसन्न पार्न चाहनुहुन्छ भने साउनको सोमबार बेलपत्रलाई गंगा जलमा हालेर शिवलाई अभिषेक गर्नुहोस् । यो उपाय गर्नाले भगवान शिव छिट्टै प्रसन्न हुन्छन् ।

– सुख र सौभाग्य बढाउन चाहनुहुन्छ भने साउन सोमबार काँचो दूध वा दहीले भगवान शिवलाई अभिषेक गर्नुहोस् । यो उपाय गर्नाले कुण्डलीमा शुक्र बल प्राप्त हुन्छ ।