७ श्रावण २०८३, बिहीबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहित शर्माले श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजको कप्तानी गर्ने



अ+ अ-

एजेन्सी । भारतीय टोलीका कप्तान रोहित शर्मा र ब्याट्सम्यान विराट कोहलीले श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज खेल्ने भएका छन् ।

इन्डियन एक्सप्रेसको रिपोर्टका अनुसार यी दुवै खेलाडीले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)लाई आफ्नो उपलब्धताबारे जानकारी दिएका छन् ।

यसअघि धेरै रिपोर्टले रोहित र विराटले लगातार ६ महिना क्रिकेट खेलेका कारण श्रीलंकामा हुने एकदिवसीय सिरिज नखेल्ने दाबी गरेका थिए ।

टी–२० सिरिजको पहिलो खेल जुलाई २७ मा बेलुका ७ बजे पल्लेकेलेमा हुनेछ । एकदिवसीय सिरिज अगस्ट २ बाट कोलम्बोमा सुरु हुनेछ । यस भ्रमणका लागि हाल दुवै टोलीको घोषणा गरिएको छैन ।

बीसीसीआईले गत महिना टी–२० विश्वकप जितेको भारतीय टोलीका महत्वपूर्ण खेलाडी जसप्रित बुमराहलाई श्रीलंका भ्रमणबाट विश्राम दिन सक्नेछ ।

गौतम गम्भीर केही दिनअघि भारतीय टोलीको मुख्य प्रशिक्षक बनेका थिए । भारतीय प्रशिक्षकका रूपमा गम्भीरको यो पहिलो असाइनमेन्ट हुनेछ । ४२ वर्षका गम्भीरले द वाल भनेर चिनिने राहुल द्रविडको स्थानमा आएका छन् । टि–२० विश्वकपपछि द्रविडको कार्यकाल सकिएको थियो । गम्भीरको कार्यकाल जुलाई २०२७ सम्म रहनेछ ।