१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश

प्रतिनिधिसभाको १५ दिने क्यालेन्डर: ६ दिन संसद बैठक, ३ दिन समितिलाई

प्रतिनिधिसभाको १५ दिने क्यालेन्डर: ६ दिन संसद बैठक, ३ दिन समितिलाई
file photo
अ अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदका आगामी कार्यक्रमबारे संसदका राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएको छ ।

बिहीवार सभामुख घिमिरेले संसदमा सहभागी राजनीतिक दलहरुका प्रमुख सचेतकहरुसँग संसदका आगामी कार्यक्रमबारे छलफल गर्नुभएको हो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते संसदमा विश्वासको मत लिने र त्यसलाई व्यवस्थित बनाउनेबारे छलफल भएको सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले बताउनु भयो । उहाँकाअनुसार सभामुख घिमिरेले प्रमुख सचेतकहरुसँग १५ गतेसम्म ६,७ र ८ गते संसद चलाउने, ९,१० र ११ गते समितिको बैठक चलाउने र १३, १४ र १५ गते पुन: संसद सञ्चालन गर्नेगरी १५ दिने कार्यतालिका बनानएको बताउनु भयो । उहाँले समितिमा विचाराधिन विधेयकमा घनीभुत छलफल चलाएर चाँडो भन्दा चाँडो विधेयक संसदमा पठाउने, समितिका खालि सदस्य छिटै पूर्ति गर्ने र संयुक्त समितिमा सदस्य र सभापति पनि छिटै चयन गर्नेगरी सभामुख घिमिरेले छलफल अघि बढाउनुभएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आजको खास उद्देश्य ६ गते सम्माननीय प्रधानमन्त्रीज्युले विश्वासको मत लिने सूचना संसद सचिवालयलाई पठाउनुभएको छ, त्यसको आधारमा अघि बढ्ने । अब हामी बैठक कहिलेसम्म गर्छौं, किनभने हामीले प्रत्येक १५ दिनको क्यालेण्डर निर्माण गर्छौं र त्यसअनुसार नै संसद अघि बढाउँछौँ । आजदेखि १५ दिनको बैठक कुन कुन दिन गर्ने, समितिमा रहेका विधेयकलाई काम गर्न समय कसरी उपलब्ध गराउने । यस विषयमा छलफल केन्द्रित भयो । ६,७ र ८ गते तीन दिन संसद बैठक बस्छौँ । ९,१० र ११ गते समितिको बैठक बस्नेगरी समय दिन्छौँ । १३,१४ र १५ गते तीन दिन फेरि संसदको बैठक राख्छौँ । यसरी कुन बैठकमा कुन विषय प्रश्तुत गर्ने पनि तयार पारेको छौँ । समितिमा विचाराधिन विधेयकमा घनीभुत छलफल चलाएर चाँडो भन्दा चाँडो विधेयक हाउसमा आउने वातावरण बनाउने । समितिका सदस्य खालि भएका छन्, ति ठाउँमा आफ्ना आफ्ना सदस्य पदपूर्ति गरिदिन आग्रह गर्ने निर्णय गरेका छौँ । संयुक्त समितिको कामहरु पनि टुंग्याउन विषय राख्नुभएको छ ।’

यता प्रमुख प्रतपिक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सभामुख घिमिरेले संसदको कार्यतालिकाका बारेमा छलफल गर्नुभएको बताउनु भयो । उहाँले ६ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने, ७ गते प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर हुनेगरी कार्यतालिका बनाउने बारेमा छलफल भएको बताउनु भयो । उहाँले शुक्रवार कार्य व्यवस्था समितिको बैठक बसेर कार्यतालिका टुंग्याउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सभामुखज्युले हामी प्रमुख सचेतकहरुलाई खासगरी पर्सिदेखिको कार्यतालिाकालाई कसरी व्यवस्थित गर्ने, त्यसपछि विश्वासको मत ६ गते लिने विषयवस्तु छ त्यसलाई कसरी व्यवस्थित गर्ने भन्नेबारेमा गृहकार्यका लागि बोलाउनुभएको हो । भोलि १ बजे कार्य व्यवस्थाको बैठक बस्ने भन्ने निर्णय भएको छ । त्यहाँ नै कार्यतालिका प्रश्तुत हुन्छ, त्यहीअनुसार हामी अघि बढ्छौँ । हरेक १५ दिनमा कार्यतालिका बनाउने जुन हाम्रो अभ्यास छ त्यही अभ्यासअन्तर्गत भोलि बैठक बस्छौँ । ६ गते सम्माननीय प्रधानमन्त्रीज्युले विश्वासको मतको लागि समय माग्नुभएको छ, त्यसअन्तर्गत अघि बढ्छौँ । ७ गते हाम्रो नियमावलीअनुसार प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम छ, त्यो कार्यक्रम ७ गते अघि बढ्छ ।’

उहाँले कार्य व्यवस्था समितिको बैठकबाट संसदका आगामी कार्यक्रम अघि बढाइने बताउनु भयो ।