२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो

करार र अस्थायी कर्मचारी नहटाउन सतर्कता केन्द्रको निर्देशन

करार र अस्थायी कर्मचारी नहटाउन सतर्कता केन्द्रको निर्देशन
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय सर्तकता केन्द्रले व्यक्तिगत पूर्वाग्रह साँधेर हचुवाका भरमा कुनै पनि करार र अस्थायी कर्मचारीलाई सेवावाट नहटाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सरकारलाई निर्देशन दिएको छ । नयाँ सरकार गठन भएर आर्थिक वर्ष सुरु भएकै पहिलो दिन केन्द्रले सरकारलाई निर्देशन दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको केन्द्रले मन्त्रालयलाई संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका कार्यालयलाई पनि व्यक्तिगत पूर्वाग्रह राखी हचुवाको भरमा कुनै पनि करार र अस्थायी कर्मचारीलाई सेवावाट नहटाउन पत्राचार गर्न निर्देशन दिएको हो ।

केन्द्रले सामान्य प्रशासन मन्त्रालयलाई दिएको निर्देशनमा भनिएको छ, ‘व्यक्तिगत पूर्वाग्रह राखी हचुवाको भरमा कुनै पनि करार र अस्थायी कर्मचारीलाई सेवावाट हटाउने कार्य नगर्न र नगराउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका कार्यालयलाई लेखी पठाउन राष्ट्रिय सतर्कता केन्द्र (कार्य सञ्चालन) नियमावली, २०६५ को नियम ७ (३) बमोजिम तहाँ मन्त्रालयलाई निर्देशन दिने २०८० माघ २९ को निर्णय (सम्माननीय प्रधानमन्त्रीस्तर) भएकोले सोहि बमोजिम कार्यान्वयनको लागि अनुरोध छ ।’

यस्तो अवस्थामा कर्मचारीलाई सँधैभरी आफू हट्ने हो कि भनी मनमा डर त्रास भई राख्ने हुनाले समग्रमा उसबाट सम्पादन हुने कामकाज एवं जिम्मेवारीको प्रभावकारितामा प्रभाव पर्न जाने केन्द्रले जनाएको छ ।

स्वीकृत बजेट र दरवन्दी भित्रका सेवा करारमा रहेका कर्मचारीलाई सेवा करारको पदमा “स्थायी कर्मचारीद्वारा पदपूर्ति भएमा वा करार सेवामा कार्यरत कर्मचारीको कार्य सम्पादन स्तर मूल्याँकन तथा नयाँ अवधिको लागि करार सम्झौता सम्बन्धी मापदण्ड, २०७८ प्रतिकुल हुने गरी उसबाट कामकाज भएमा वा अन्य प्रचलित कानूनमा व्यवस्था भएको अवस्थामा मात्रै हटाउन सकिने जनाइएको छ ।

निजामती सेवा ऐन, २०४९ को दफा ७ को उपदफा ५ मा यो दफा प्रारम्भ हुँदाका बखत रिक्त रहेका र यो दफा प्रारम्भ भएपछि रिक्त हुने पदमा सोही दफाको उपदफा ४ वमोजिम तोकिएको सहायक कार्य गर्ने श्रेणी विहीन पद स्वत: खारेज हुने व्यवस्था छ ।

सम्बन्धित कार्यालयले यस्ता पद खारेज भएको जानकारी निजामती कितावखानामा पठाउनु पर्ने र त्यस्ता पदमा सम्पादन गरिने कार्य न्यूनतम पारिश्रमिक तोकी व्यक्ति वा संस्थासँग करार गरी सेवा करारबाट कार्य सम्पादन गराउनु पर्नेछ व्यवस्था छ ।