११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

द ब्रिटिश प्रोफेसनल कलेजकी रियाले गरिन् वर्ल्ड टप



अ+ अ-

काठमाडौँ । ब्रिटिश एजुकेशन ग्रुपको द ब्रिटिश प्रोफेशनल कलेजले एसोसयिसन अफ चार्टण्ट सर्टफिाइड एकाउन्टेन्टमा अध्ययनरत १९ वर्षीय  रिया  मानन्धरले ९८ प्रतशित ल्याई वर्ल्ड टपर बन्न सफल भएकी छन् । उनले ट्याकसेसन पेपरमा वर्ल्ड टप गरेकी हुन् । कार्यक्रम  बिश्वकै सबैभन्दा ठुलो र सबैभन्दा छिटो   बढरिहेको अन्तराष्ट्रिय लेखा निकाय हो । बिश्वका  १७९ देशमा यो बर्ष  अन्तर्गत ५ लाख २७ हजार विध्धार्थी  र २ लाख १९ हजार पुर्ण योग्य सदस्यहरु रहेका छन् । बिश्व  भरका लाखौँ विध्धार्थीहरूलाई  पछीपार्दै उनले ट्याक्सेसन पेपरमा सबैभन्दा बढी अंक ल्याउन सफल भएकी हुन् । 

एसोसयिसन अफ चार्टण्ट सर्टफिाइड एकाउन्टेन्ट प्रोग्राम म्यानेजर दीपेन्द्र के श्रेष्ठले उनको तारफि गर्दै भने, “हामी सबैलाई रियामा  धेरै गर्व छ । कलेज र अन्य विध्धार्थीहरूका लागी   यो गर्वको कुरा हो । हामी नियमित  रूपमा नेपालमा टपर्स उत्पादन गर्दै आइरहेका छौँ  । त्यस्तै रिया  हाम्रो कलेजको  दोस्रो  बिश्व टपर हुन् । अन्य विध्धार्थीहरूले पनि  उनको पाइला पछ्याउने हामी अपेक्षा गर्दछौं।”

रियाले दीपेन्द्र र बीपीसीका शिक्षकहरुलाई धन्यवाद दिँदै भनीन  “बीपीसीसँगको मेरो अनुभव साँच्चै राम्रो रह्यो। वास्तवमा, मैले मूल रूपमा ट्याक्सेसन पेपर लिने योजना बनाएको थिइन । मलाई यस विषयप्रती  पुर्ण आत्मबिश्वासपनि  थिएन । यद्यपी  संकायले मलाई साइन अप गर्न प्रोत्साहन गर्यो । उनीहरूकै साथ र सहयोगले मैले वर्ल्ड टपर हुने अवसर पाए ।”
नेपाली चार्टर्ड एकाउन्टेन्ट परीक्षाको सट्टामा ACCA  नै पढ्ने निर्णय किन गरीन भनि सोध्दा उनले जबाफ थियाे  “एसीसीएले नेपालका बिद्यार्थीहरु लाई राष्ट्रिय रुपमा रूपमा मात्रै नभई अन्तराष्ट्रिय  स्तरमा पनि उत्तीर्ण  करिअर बनाउन सहयोग गर्छ । सोही कारण पनि मैले एनसएको सट्टा ACCA रोजेकी हुँ ।

अन्तराष्ट्रिय  रुपमा  प्रतिस्प्रर्धा   गर्न समेत यो बिषयले मलाई सक्षम बनाउँछ ।” हाल ब्रिटिश प्रोफेसनल कलेजमा ब्ऋऋब् मा  भर्ना खुलिरहेको छ ।   ब्रिटिश प्रोफेसनल कलेज ब्रिटिश कलेजको सिष्टर संस्था हो । काठमाडौँस्थित  द ब्रिटिश कलेजले शैक्षिक सञ्जाल UAE को दुवई र युकेमा समेत गर्दै आएको छ ।