१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

जाँदाजाँदै रविले भने– बेचन, जीवी र टिकापुर घटनाको अनुसन्धानमा हात नकमाउनुहोस्

जाँदाजाँदै रविले भने– बेचन, जीवी र टिकापुर घटनाको अनुसन्धानमा हात नकमाउनुहोस्
अ अ+ अ-

काठमाडौँ । काम चलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले थालेका अनुसन्धानमा हात नकमाउन प्रहरीलाई निर्देशन दिएका छन् ।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लामिछानेले गल्ती गर्ने जो भएपनि बच्नु बचाउनु नहुने बताए । निर्मला हत्या प्रकरणको अनुसन्धान अत्यन्त नजिक पुगेको बताउदै उनले अनुसन्धानमा खटिने प्रहरी कर्मचारीलाई धन्यवाद दिए ।

सरकार परिवर्तनको प्रक्रिया सुरु भएसँगै कयौँ विषयहरू सामसुम बन्न लागेको उनको भनाई छ ।‘ तर बाहिर आएका कयौँ चिजहरू सरकार परिवर्तनसँगै सामसुम देखिन्छ । चाइँचुइँ नबोलेको अवस्था छ । त्यतिखेर नेपाल प्रहरी र अनुसन्धान ब्युरोले तदारुकताका साथ काम गरोस्’, मन्त्री लामिछानेले भने, ‘बेचन झा पक्राउ परेसँगै उनको अडियो सार्वजनिक भएको छ । मन्त्रिपरिषद्ले नै निर्णय गराएको रहेछ भन्ने उनको अडियो र कयौँ कुराकानीबाट पुष्टि हुने ठाउँहरू प्रशस्त छन्’।

उनले राजनीतिक परिवर्तनसँग प्रहरी प्रशासनको कुनै लेनादेना छैन भन्ने प्रमाणित गर्न निर्देशन दिए । यस्तै, उनले टीकापुर घटनाको अनुसन्धानमा कहीँ कतै कमी आउनु नहुने बताए ।

उनले राज्यसंयन्त्रमा हस्तक्षेप गर्न नयाँ पुस्ताको आगमन आवश्यक भएको बताए । उनले भने,’देशमा परिवर्तन चाहिएको भए, यदि जे चलिरहेको छ त्यो सही भइदिएको भए, जुन संयन्त्र चलिरहेको छ त्यही नै भइदिएको भए यसरी नयाँ पुस्ता आउनुपर्ने थिएन । अर्थात नयाँ पुस्ताको यो आगमन व्यक्ति को हुन्छ थाहा छैन तर संयन्त्रका रूपमा राज्य संयन्त्रका रूपमा जर्वजस्त हस्तक्षेप गर्न नयाँ पुस्ताको आगमन भैसकेको छ ।’