काठमाडौं । काठमाडौ स्थित भारतीय दूतावासको मिशन उप-प्रमुख नामग्या खम्पाले नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङसँग आज मन्त्रालयमा भेटवार्ता गर्नुभयो ।
भेटमा भारतको सहयोगमा नेपालमा सञ्चालित रेलवे र सडक क्षेत्रका परियोजनाहरूका बारेमा छलफल भएको थियो।








