१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा गर्न आजसम्मको अल्टिमेटम दिएको थियो । तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नगर्ने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिने तयारी गरेको छ ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार एमालेले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

‘संसद्को दुई ठूला दल मिलेर जाने निर्णय भएपछि प्रधानमन्त्रीले राजीनामा गरेर सहयोग गर्नु राम्रो कुरा हो । किनकि उहाँको अंक पुग्दैन, सरकार चल्दैन । तर प्रक्रियामा जान चाहनुहुन्छ भने हामी आजै समर्थन फिर्ता लिन्छौं । हाम्रा मन्त्रीहरु फर्कनु हुन्छ ।’

दिउँसो ३ बजेपछि समर्थन फिर्ता र मन्त्रीहरुको राजीनामाबारे निर्णय हुने बर्तौलाले संकेत गरे । गत सोमबार संसदका ठूला दुई दल नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति जुटेको छ ।