• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   अनन्त–राधिकाको विवाह समारोहमा प्रस्तुति दिन मुम्बई आईपुगे जस्टिन बिबर ★   बाढी प्रभावित भन्छन्: ‘अब हाम्रा दु:खका दिन सुरु भए’ ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने ★   नेता/कार्यकर्ताको सुझावअनुसार सर्वसहमतिबाट नेतृत्व चयन हुन्छ: सचिव श्रेष्ठ ★   प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ ★   सहमतिबाटै नेतृत्व चयन हुन्छ: अध्यक्ष नेपाल ★   बेलायतमा आम निर्वाचनका लागि मतदान सुरु ★   खोटाङका ८५ घर बाढी, चार सय ३९ घर पहिराको उच्च जोखिममा ★   प्रधानमन्त्री दाहाललाई राजीनमा दिन महामन्त्री थापाको सुझाव ★   बाँकेमा अभियुक्त समाउन प्रहरीले चलायो गोली

एकीकृत समाजवादीको १० औं राष्ट्रिय महाधिवेशन सुरु -फोटो फिचर



काठमाडौं । नेकपा एमालेबाट विभाजित भएर ३४ महिनाअघि गठन भएको नेकपा एकीकृत समाजवादीको १० औं राष्ट्रिय महाधिवेशन आज सुरु भएको छ । प्रज्ञा भवन कमलादीमा आज उद्घाटन सत्र हुनुअघि र्‍याली निकालिएको छ ।

एकीकृत समाजवादी पार्टी गठनपछि पहिलो पटक महाधिवेशन गर्न लागेपछि पार्टीले १० औं भनेको छ । २००६ सालमा स्थापना भएको नेकपालाई नै निरन्तरता दिँदै एकीकृत समाजवादीले आफ्नो महाधिवेशनलाई १० औं भनेको हो ।

एमालेबाट विद्रोह गरेर पहिलो पटक महाधिवेशन गर्न लागेकाले सर्वसम्मत नेतृत्व चयन गर्न शीर्ष नेताहरुमाथि चर्को दबाब छ । तर पदाधिकारी र केन्द्रीय समितिमा आकांक्षा राख्नेहरुको लर्को लामै छ । १८ सय प्रतिनिधिमध्ये करिब एक सय जनालाई पदाधिकारीमा आकांक्षा राखेका छन् । त्यस्तै ८ सय जनाले केन्द्रीय सदस्यका आकांक्षा भएकाले व्यवस्थापन गर्न नेतृत्वलाई निकै कठिन हुने देखिएको छ ।

सहमतिमै नेतृत्व टुंग्याउन पार्टीमा सम्मानित नेता, वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेर पदाधिकारीको संख्या २१ पुर्‍याइएको छ । आवश्यकअनुसार वरिष्ठ नेता पद पनि राख्न सकिने बताइएको छ । केन्द्रीय सदस्यको संख्या पनि १ सय ९९ सयबाट बढाएर २ सय ९९ पुर्‍याइएको छ । त्यति गर्दा पनि नेता व्यवस्थापन गर्न मुस्किल हुन सक्छ ।