१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा

निर्मल पुर्जालाई कारबाही नगरियोस्: माओवादी सांसद आलेमगर

निर्मल पुर्जालाई कारबाही नगरियोस्: माओवादी सांसद आलेमगर
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले यौन दुव्र्यवहारको आरोप लागेका आरोही निर्मल पुर्जालाई कारबाही नगर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले आरोही पुर्जामगरले विश्व रेकर्ड कायम गर्नुका साथै नेपालको नाम विश्वभर चिनाएको भन्दै सामान्य कारबाही हुनुपर्ने माग राख्नुभएको हो ।

उहाँले निर्मल पुर्जालाई कारबाही गर्नेकुराको आफूले घोर भत्र्सना गर्ने बताउनु भयो । उहाँले पुर्जामाथि गरिने कारबाही तत्काल बन्द गर्न आग्रह गर्नुभयो । उहाँले कुनै नियम कानूनको उल्लंघन गरेको भए सामान्य कारबाही हुनुपर्ने बताउनु भयो । उहाँले निर्माल पुर्जा मगरलाई पर्वतारोहण गर्नबाट बन्देज लगाउने कुरा बाहिर आइरहेको भन्दै आरोहण बन्देज गर्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निर्मल पुर्जामगर,हिमाल आरोहण गर्ने सन्दर्भमा थुप्रै विश्व रेकर्डहरु कायम गरेको व्यक्ति । उसले आठ हजार मिटर भन्दा अग्ला १४ वटा हिमालहरु ७ महिनामा आरोहण गरेर विश्व रेकर्ड कायम गरेको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डमा उनको नाम दर्ज भएको छ । दोस्रो हिमाल जुन केटु पाकिस्तानमा अवस्थित छ, त्यो उनी एउटा समूहमा चढेका थिए । त्यो समूह चढ्दा एक्लै उनी जानसक्थे । तर उनले सबै साथीहरुलाई पर्खिए । नेपालीहरु आरोही थिए । सबैलाई पर्खिएर सँगै केटु हिमाल आरोहण गरे । यस्तो कसैले गरेको थिएन । लगायतका थुप्रै रेकर्ड कायम छन् । यस्तो व्यक्तिलाई पनि अहिले कारबाही गर्न लागिएको छ । निर्मल पुर्जामगर त्यसलाई कारबाही गर्न लागिएको छ । यस कार्यको म निन्दा र भत्र्सना गर्न चाहन्छु । उनीमाथि गरिने कारबाही तुरुन्त बन्द गरियोस् । भनेर म सम्माननीय अध्यक्षमार्फत सरकारसँग माग गर्न चाहन्छु । निश्चित रुपमा उसले कुनै नियम कानूनको उल्लंघन गरेको होला, त्यसको लागि सामान्य कारबाही गर्नुपर्ने हुन्छ । उसलाई ब्याण्ड गर्ने होइन । निर्माल पुर्जा मगरलाई पर्वतारोहण गर्नबाट बन्देज लगाइयोस् भन्ने माग उठेको छ, त्यसको पनि म बिरोध गर्न चाहन्छु । सामान्य कारबाही गरेर छोडिनुपर्ने हुन्छ । काँक्रो चोरलाई सामान्य दुई चार थप्पड लगाउने हो, शुलीमा चढाउने होइन । यो सरकारलाई म निर्मल पुर्जामाथि घोर कारबाही नगरियोस् भन्ने माग गर्दछु ।’

सांसद आलेमगरले निरंकुश, तानाशाही, निर्दलीय पञ्चायती व्यवस्थाको कोशी अञ्चलको भुतलाई ब्युँताउँदै कोशी प्रदेश बनाइएको भन्दै कोशी प्रदेशबिरुद्ध भएको आन्दोलनमा इलामका हस्तबहादुर लिम्बूलाई पक्राउ गरी जेलमा राखिएको भन्दै तत्काल रिहा गर्न आग्रह गर्नुभयो । उहाँले देशमा भ्रष्टाचारको जगजगी रहेको बताउनु भयो । उहाँले भ्रष्टाचारको आरोप लागेका मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुव गर्नेकुरा चित्तबुझ्दो नरहेको बताउनु भयो ।