१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै

सहज बन्दै बेनीका सडक

सहज बन्दै बेनीका सडक
अ अ+ अ-

म्याग्दी । बेनी नगरपालिका–९ जम्रेनीका डण्डपानी सुवेदीले कच्ची सडकको सकसपूर्ण यात्रा अझै भुल्नुभएको छैन् ।“घर अगाडिको बेनी–पाखापानी सडक हुँदै बेनी आउन, काम गर्न र फर्कन करिब दुई घण्टा पैदलयात्रा गर्नु पर्दथ्यो । हिजोआज जम्रेनीबाट १० मिनेटमै बेनी पुगिन्छ,” उहाँले भन्नुभयो “विसं २०५८ तिर खनेको सडकमा २०६५ देखि गाडी चल्न थालेका थिए । गाडी चढेर अर्थुङ्गेको बाटो घुमेर भन्दा छिटो हिँडेर बेनी पुगिने भएकाले पैदलयात्रा गर्दथ्यौँ ।”

बेनी–पाखापानी सडकको बेनीदेखि अर्थु्ङ्गे हँुदै जम्रेनी सम्मको सडक स्तरोन्नतिपछि भए पैदल हिँड्न छाडेर गाडीमा यात्रा गर्न थालेको सुवेदीले बताउनुभयो । जम्रेनीका दण्डपानी जस्तै बेनी नगरपालिकाको ग्रामीण क्षेत्रका सडक स्तरोन्नति हुन थालेपछि सहज यातायात सेवामा नागरिकको पहुँच बढेको छ । मार्ग मात्र खुलेका सडकको ग्रेड र घुम्ती मिलेका थिएनन् ।

सडक साँघुरा थिए । यात्राका क्रममा जोखिम र सास्ती दुवै थियो । त्यसकारण बेनी बजार आसपासका बासिन्दा सवारी साधनको प्रयोग कमै गर्दथे । हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने यहाँको सडकको समस्या थियो । स्थानीय तह, प्रदेश र सङ्घीय सरकारको लगानीमा सडक ढलान, कालोपत्र, सोलिङ र ग्राभेल हुन थालेपछि कृषि उपज निकासी, आवतजावत, निर्माण र दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज भएको हो । सडक यातायातको सुविधाका कारण बेनी नगरपालिको भकिम्लीको राखु, मरेक, बास्कुना, थामडाँडाका किसानले उत्पादन गरेको सुन्तलाले बजार पाएको छ ।

गत याममा सिङ्गाको बास्कुना, सुर्केमेला र थामडाँडाबाट रु एक करोड पाँच लाख र राखु मरेकबाट रु एक करोड ५० लाख मूल्य बराबरको सुन्तला निकासी भएको किसान रहनुभएका बेनी नगरपालिका–४ का वडा सदस्य सन्दिप खत्रीले बताउनुभयो ।

सिङ्गा र बास्कुनाबाट दैनिक पाँच सय लिटरका दरले बेनीमा दूध निकासी हुने गर्छ । सडक स्तरोन्नति हुन थालेपछि यात्राअवधि छोटिएको, आवतजावत गर्न सहज भएको र ग्रामीण क्षेत्रमा सम्भावना, अवसर सिर्जना भएको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीका लोकनाथ आचार्यले बताउनुभयो ।

बेनी नगरपालिकाले यसवर्ष उपल्लो तातोपानी बजारसहित ६ वटा सडक स्तरोन्नतिका लागि ठेक्कामार्फत योजना कार्यान्वन गरेको छ । बेनी बजारमा उपभोक्ता समितिमार्फत सडक कालोपत्र भएको छ । तीन वटा योजना योजना सम्पन्न भइसकेका र तीन वटा निर्माणको अन्तिम चरणमा रहेको बेनी नगरपालिकाका इञ्जिनीयर सुदिप गौतमले जानकारी दिनुभयो ।

यी आयोजनाबाट दुई किलोमिटर भन्दा बढी सडक कालोपत्र र ढलान हुने इञ्जिनीयर गौतमले बताउनुभयो । उपभोक्ता समितिमार्फत सञ्चालित ६० वटा सडक योजनाका लागि बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन गरेको थियो । रु पाँच करोड बजेट विनियोजन भएको ६ वटा ठेक्कामार्फत कार्यान्वयन भएका सडक योजनाको निर्माण कम्पनीसँग रु तीन करोड ३६ लाखमा सम्झौता भएको थियो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले वडाका मुख्य बस्ती जोड्ने सडकमा बाह्ैमहिना नियमित यातायात सञ्चालन हुने बनाउने र बजार क्षेत्रका सडक कालोपत्र गर्ने योजनालाई प्राथमिकता दिएको बताउनुभयो ।

“राष्ट्रिय राजमार्ग र प्रदेश सरकारले काम गरिरहेको बाहेकका सडकलाई नगरपालिकाले स्तरोन्नतिमा जोड दिएको छ,” उहाँले भन्नुभयो “नगरपालिकाको प्राथमिकता प्राप्त बेनी–पाखापानी सडक आयोजना अन्तर्गत बेनीदेखि अर्थु्गे हुँदै जम्रेनीसम्म यसैवर्षभित्र कालोपत्र र ढलान गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।”

योजनाको गुणस्तर कायम गर्न नियमित अनुगमन गरी प्रभावकारी बनाउनेतर्फ जोड दिएको नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो । “नगरपालिकाबाट नियमित अनगुमन गछौँ, हरेक वडमा प्राविधिक जनशक्ति व्यवस्थापन गरेका छौँ,” उहाँले भन्नुभयो “उपभोक्ता र निर्माण व्यवसायीमार्फत कार्यान्वयन हुने सबै योजनालाई गुणस्तरीय बनाउने कार्यमा हामी प्रयासरत छौँ ।”

साना योजनालाई उपभोक्ता समिति र ठूला योजनालाई ठेक्कामार्फत कार्यान्वयन गरिएको प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले बताउनुभयो । नगरपालिकाले रु पाँच लाखभन्दा माथिका योजनालाई नगरपालिकाबाट र अन्य योजनालाई वडाबाटै सम्झौता र कार्यान्वयन गरेको छ । बेनी नगरपालिकाको ६, ९, १० हुँदै रघुगङ्गा गाउँपालिकाको ५, ६ र ८ नम्बर वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–पाखापानी सडक स्तरोन्नति गर्ने योजनालाई बेनी नगरपालिकाले प्राथमिकताका साथ निरन्तरता दिएको छ ।

सङ्घीय सरकार अन्तर्गत सडक डिभिजन कार्यालय बागलुङमार्फत बेनी नगरपालिका–१ रत्नेचौरको उपल्लाचौरदेखि अर्जम, वडा नं २ को ज्यामरुककोट, स्यानालेक, तोराखेत हुँदै वडा नं ३ भकिम्ली जोड्ने सडक स्तरोन्नतिको चरणमा छ । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाले बेनी नगरपालिका ८ कालिपुलको सडक अक्सफाल्ट प्रविधिको कालोपत्र गर्न रु एक करोड बजेट विनियोजन गरेर ठेक्का आह्वान गरेको छ ।
म्याग्दी प्रवेश गर्ने कालीगण्डकी मोटरेबल पुलदेखि पर्वत बगरफाँट जोड्ने बेलिब्रिज सम्मको सडक कालोपत्र गर्न लागिएको आयोजना प्रमुख धु्रवकुमार झाले बताउनुभयो ।

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने दुई किलोमिटर १०२ मिटर बेनी–गलेश्वर खण्डमा गत पुस महिनामा डिबिएसडी प्रविधिको कालोपत्र गरिएको थियो । बेनी नगरपालिकामा गण्डकी प्रदेश सरकारमार्फत यस वर्ष दुई वटा ठूला सडक आयोजना कार्यान्वयन थालिएको छ । रु १० करोडको लागतमा बेनी–पाखापानी सडकको भुतेदैला–नेप्टेचौर–तोरीपानी र रु पाँच करोड ५९ लाखको लागतमा बेनी–भकिम्ली सडकको बगरफाँट–दूधेखोला–हल्लेगौँडा क्षेत्रमा स्तरोन्नति गर्ने आयोजना सुरु भएको हो ।

गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत कार्यान्वयन हुने गरी १२ वटा योजनालाई रु चार करोड १० लाख विनियोजन भएको थियो । अधिकांश योजना निर्माण सकिएका र केही सम्पन्न हुने चरणमा रहेका पूर्वाधार विकास कार्यालयले जनाएको छ । नगरपाकिलाका ग्रामीण सडक स्तरोन्नति हुने क्रमसँगै सहज र सर्वसुलभ यातायात सेवाका लागि नगर बस सञ्चालन गर्नुपर्ने नगरवासीको माग छ । बेनी नगरपालिका–६ बाँसबोटकी लक्ष्मी पौडेलले ग्रामीण सडकमा चल्ने जीपको तुलनामा सस्तो भाडादर हुने बस सञ्चालन गर्न नगरपालिकाले अगुवाइ र पहल गर्नुपर्ने बताउनुभयो । नगरक्षेत्रमा अटोरिक्सा सञ्चालन हुन थालेपछि यात्रुलाई सहज भएको छ । यसैगरी स्तरोन्नति भएका सडकमा चल्ने सवारी साधनको भाडादर पनि समायोजन गर्नुपर्ने उहाँले बताउनुभयो ।