१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० अन्तर्राष्ट्रियमा ‘हिटम्यान’ले बनाए यस्तो कीर्तिमान



अ+ अ-

एजेन्सी । टी–२० विश्वकपमा भारतीय टोलीले अपराजित यात्रा जारी राखेको छ । सोमबार राति सेन्ट लुसियामा भएको खेलमा भारतले अष्ट्रेलियालाई २४ रनले पराजित गर्यो ।

भारतीय कप्तान रोहित शर्माले ४१ बलमा ९२ रनको विस्फोटक इनिङ खेले । उनको इनिङ्समा ७ चौका र ८ छक्का सामेल थिए ।

‘हिटम्यानले अस्ट्रेलियाविरुद्ध ८ छक्का प्रहार गरेका थिए । उनले टी–२० अन्तर्राष्ट्रियमा २०० छक्का पूरा गरेका छन् । अब रोहितको नाममा २०३ छक्का छ, जुन यस ढाँचामा सबैभन्दा धेरै हो ।

२०० छक्का लगाउने रोहित मात्रै छन् । रोहितपछि न्युजिल्यान्डका पूर्वब्याट्सम्यान मार्टिन गप्टिलले १७३ छक्का प्रहार गरेका छन् । त्यसपछि इंग्ल्याण्डका कप्तान जोस बटलर १३७ र अष्ट्रेलियाका ग्लेन म्याक्सवेल १३३ छन् ।

भारतले अब सेमिफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल बिहीबार राति सवा ८ बजे सुरु हुनेछ ।