१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

राष्ट्रिय सभा सांसदको प्रश्न: महिलाले प्रजनन अंगमा मृत्यु बोकेर कहिलेसम्म हिँड्ने ?

राष्ट्रिय सभा सांसदको प्रश्न: महिलाले प्रजनन अंगमा मृत्यु बोकेर कहिलेसम्म हिँड्ने ?
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले छाउपडी गोठमा बसिरहेको किशोरीमाथिको आक्रमणबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग जवाफ माग गर्नुभएको छ ।

आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले गृहमन्त्रीको जवाफ माग गर्नुभएको हो । उहाँले महिलाहरुले आफ्नो जीवनको अवधिमा करिव करिव ३० वर्षसम्म महिनावारी हुने उल्लेख गर्दै महिलाको जीवनको सक्रिय समयमा हुने आक्रमणबारे सरकार गम्भीर बन्नुपर्ने बताउनु भयो । उहाँले प्रजनन अंगमा मृत्यु बोकेर कहिलेसम्म हिँड्ने ? भन्दै प्रश्न गर्नुभयो । उहाँले छाउपडी गोठको कुरा निर्मुल नभएसम्म उठाइरहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘छाउपडी गोठमा बसिरहेको किशोरीमाथि आक्रमण भएको छ । महिलाहरुले आफ्नो जीवनको अवधिमा करिव करिव ३० वर्षसम्म महिनावारी हुन्छौँ । यो हाम्रो जीवनको सबैभन्दा सक्रिय काल पनि हो । यसमा बच्चाबच्ची जन्माउँछौँ । करियर अघि बढाउँछौँ । औषत आयु जो नेपाली महिलाको छ, त्यसको लगभग आधा अवधि हुन जान्छ । यो हाम्रो समाजमा प्रचलित सामाजिक प्रथा हो । प्रजनन अंगमा काल बोकेर मृत्यु बोकेर कहिलेसम्म हामीले हिँड्ने हो । हामी महिलाहरु आफ्नो शरीरमा मृत्यु बोकेर हिँड्ने ? यसको जवाफ कसले दिने हो ? कति पटक छाउपडी गोठको कुरा उठाउनु हुन्छ भन्नुभयो, जबसम्म निर्मुल हुँदैन तबसम्म कुरा उठाउँछौँ । थाक्नेवाला छैनौँ । गृहमन्त्रीज्युले यहाँ आएर जवाफ दिनुपर्छ । यो धेरै संवेदनशील कुरा छ ।’

उहाँले बनेका ऐन,कानूनहरु कार्यान्वयन हुन नसकेको भन्दै आपत्ति जनाउनु भयो ।