२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदका कर्मचारीको माग वार्ताबाट अविलम्व समाधान गर्नुपर्छ: ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद सचिवालयका कर्मचारीको माग वार्ताद्वारा समाधान गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघीय संसद सचिवालयका कर्मचारीहरुको माग वार्ताबाट अविलम्व सकारात्मक निस्कर्षका साथ समाधान गर्नुपर्ने बताउनु भयो । संघीय संसद सचिवालयका कर्मचारीहरु केही दिन यता सेवा सुविधाको माग सहित आन्दोलनमा छन् । उनीहरुले ११ बुँदे मागसहित आन्दोलन गरिरहेका छन् ।

उहाँले भन्नुभयो, ‘यो वार्ताद्वारा अविलम्व सकारात्मक निस्कर्षका साथ समाधान गर्नुपर्छ ।’

उनीहरुले संसद सेवाको कर्मचारीहरुमाथि श्रम शोषण गर्न पाइँदैन, ११ बुँदे माग पूरा गर, श्रम शोषण अन्त्य होस्, व्यवस्थापन समितिको निर्णय कार्यान्वयन गर, विधायिकामाथि कार्यपालिकाको हस्तक्षेप बन्द गर लगायतका प्लेकार्ड बोकेर संसद भ्वन परिसरमै बिरोध जनाएका थिए ।