७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह

वाग्मती सफाइको ४०० औँ हप्ताः सात स्थानमा चेतना जगाइने

वाग्मती सफाइको ४०० औँ हप्ताः सात स्थानमा चेतना जगाइने
अ+ अ-

काठमाडौँ । वाग्मती सफाइ महाअभियानको ४०० औँ हप्ताको कार्यक्रम उपत्यकाका सात स्थानमा जनचेतनामूलक अभियानसहित विशेष कार्यक्रम गरी मनाइने भएको छ । सफाइ महाअभियानको बुधबारको बैठकले साँगा भञ्ज्याङ, नागढुँगा, नयाँ बसपार्क, त्रिभुवन विश्वविद्यालय प्रवेशढोका, बालाजु बाइपास, नारायणगोपाल चोक, मीनभवनमा जनचेतनामूलक अभियानसहित सफाइ गर्ने निर्णय गरेको छ ।

जनचेतनामूलक सफाइ अभियानपछि दिउँसो मीनभवनमा ४०० औँ हप्ताको मुख्य कार्यक्रम गरिने अभियानकर्मी गोविन्द काफ्लेले राससलाई जानकारी दिनुभयो । जनचेतनामूलक कार्यक्रमका लागि संयोजकसमेत तोक्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले अभियानकर्मीहरु नरेश रञ्जित, ताराबहादुर कुँवर,   लोकबहादुर टण्डन, रामकुमार श्रेष्ठ, चित्रबहादुर सुनुवार र शोभाकान्त पाण्डेलाई संयोजन गर्ने जिम्मेवारी दिएको छ । मीनभवनमा भने मूल कार्यक्रम गर्न लागिएकाले त्यहाँको नेतृत्व महाअभियानले नै गर्ने जनाइएको छ । सफाइको ४०० औँ हप्ताको नारा र स्टिकर भने तयारीका लागि छलफल जारी छ ।

यसै हप्ताभित्र त्यसको निर्णय भइसक्ने जनाइएको छ । सार्वजनिक र निजी यातायातमा सफाइसम्बन्धी चेतना जागृत हुने किसिमका स्टिकर र परिचय पुस्तिका समेत वितरण गर्ने महाअभियानको तयारी छ । विसं २०७० जेठ ५ गते तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा शुरुआत भएको सफाइ महाअभियान आगामी पुस २५ गते शनिबार ४०० औँ हप्तामा प्रवेश गर्दैछ । बैठकमा चीनका लागि पूर्व नेपाली राजदूत समेत रही सक्नुभएका उहाँले स्थानीय तहलाई सफाइमा जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।  बैठकले काठमााडौँ उपत्यकाका नगरपालिकालाई पनि सफाइमा परिचालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

 उहाँले नदी एवं सार्वजनिक स्थलमा फोहर फाल्नेलाई स्थानीय तहले जरिवाना गर्नुपर्ने व्यवस्था गर्न महाअभियानका तर्फबाट अनुरोध गरिने बताउनुभएको थियो । गत शनिबार बुद्धनगर क्षेत्रको नदी किनारमा फोहर फाल्ने सात जनाबाट काठमाडौँ महानगरपालिकाले जरिवाना गरी रु २३ हजार जम्मा गरेको छ । जरिवना गरिएको निश्चित प्रतिशत फोहर फाल्नेको सूचना दिनेलाई दिई प्रोत्साहनको व्यवस्था गर्न पनि महाअभियानले उपत्यकाका स्थानीय सरकारसँग माग गरेको छ ।

महाअभियानले यसअघि नै थापाथली र त्रिपुरेश्वर क्षेत्रको सफाइको जिम्मेवारी महानगरपालिका ११ नं। वडालाई दिइसकेको छ । त्यसैगरी अन्यत्र पनि जिम्मेवारी दिइने जनाइएको छ । बैठकमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अधिकारीहरुले विभिन्न स्थानमा बिच्छ्याएको ढल टालिएकाले नदीमै फोहर पानी आउन थालेको गुनासो गरेका जनाइएको छ । सफाइ महाअभियानको ४०० औँ हप्ताको अवसर पारेर अधिकार सम्पन्न वाग्मतीले नदीको शिरोभाग सुन्दरीजल क्षेत्रमा माछाका भुरा छोड्ने तयारी समेत गरेको सो अवसरमा जानकारी दिइएको थियो ।