६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ राजनीतिक दलमा आन्तरिक लोकतन्त्र कुण्ठित छः सांसद पौडेल



तस्बिर : किरणराज विष्ट/रासस
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नयाँ राजनीतिक दलले आन्तरिक लोकतन्त्रको अभ्यास गर्न नसक्ने बतउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आन्तरिक व्यवस्थाको सन्दर्भमा अरुसँग तुलना गर्दा काँग्रेस बढी लोकतान्त्रिक रहेको बताउनु भयो । उहाँले नयाँ आएको राजनीतिक दल आन्तरिक लोकतन्त्र विकसित गर्ने नभइ आन्तरिक लोकतन्त्रलाई अभ्यास नै नगर्ने गरी आएको जिकिर गर्नुभयो ।

उहाँले नयाँ आएको राजनीतिक दलमा पार्टीको नेतृत्वले गल्ती गरे पनि केही बोल्न नसक्ने अवस्था रहेको बताउनु भयो । उहाँले सम्पूर्ण रुपमा लोकतन्त्रलाई कुण्ठित गरिएको नेतृत्वको पञ्जाभित्र नयाँ पार्टी रहेको बताउनु भयो । नेतृत्वले नियन्त्रण गरेको पार्टी काँग्रेस हुनु नहुने पनि बताउनु भयो । काँग्रेसले आन्तरिक व्यवस्थाभित्र विधि बलियो हुनेगरी आफूलाई अघि बढाउन सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिमा काँग्रेससँग कुनैपनि राजनीतिक दलको तुलना हुन सक्दैन । आन्तरिक व्यवस्थाको सन्दर्भमा अरुसँग तुलना गर्दा काँग्रेस बढी लोकतान्त्रिक छ । नयाँ आएको पार्टी त आन्तरिक लोकतन्त्र विकसित गर्ने होइन, आन्तरिक लोकतन्त्रलाई अभ्यास नै नगर्ने गरी आएको जस्तो देखिन्छ ।

नयाँ आएको राजनीतिक पार्टीमा त्यो पार्टीको नेतृत्वले गल्ती गरे तैँले गल्ती गरिस् भनेर भन्ने आँट कसैको पनि हुँदो रहेनछ । त्यसैले सम्पूर्ण रुपमा लोकतन्त्रलाई कुण्ठित गरिएको नेतृत्वको पञ्जाभित्र पार्टी रहेको, नेतृत्वले नियन्त्रण गरेको पार्टी काँग्रेस हुनु हुँदैन । त्यसकारण हामीले आन्तरिक व्यवस्थाभित्र विधि बलियो हुनेगरी आफूलाई अघि बढाउन सक्नुपर्छ ।’

सांसद पौडेलले नेपाली काँग्रेसले सुशासनको बारेमा स्पष्ट दृष्टिकोण दिन सक्नुपर्ने बताउनु भयो ।