२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमेन्ट उद्योगका जटिलता हटाउन सकारात्मक छौँ: उद्योगमन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगहरुको पक्षमा कानून निर्माण गरी उद्योगका जटिलता हटाउन सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बैठकमा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले बनाउने हरेक कानूनहरु उद्योगमैत्री बनाउन नसके अहिले उद्योगमा देखिएका समस्या समाधान गर्न नसकिने उल्लेख गर्नुभयो । उहाँले सिमेन्ट उद्योगमा देखिएका समस्या समाधान गर्नको लागि सरकारले कानून संशोधन गर्नुको विकल्प नरहेको बताउनु भयो । उहाँले समितिले सिमेन्ट उद्योगको लागि गर्ने निर्णय मन्त्रालय मान्न तयार रहेको बताउनु भयो । उहाँले समितिले सिमेन्ट उद्योगले उत्पादित खनिज परिणाम तौल पुलमा मापन गर्न समितिको म्याद थप मान्न तयार रहेको बताउनु भयो । उहाँले मुलुकमा भएका सिमेन्ट उद्योगलाई थप माथि उठाउन आवश्यक रहेको भन्दै त्यसको लागि उद्योगको पक्षमा कानून निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सिमेन्टको गुणस्तर,सामाजिक र वातावरणमैत्री बनाउन मन्त्रालय गम्भिर रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सिमेन्ट उद्योगको लागि समितिले गर्ने निर्णय मान्न तयार छु । समितिले म्याद थप गर्नुहुन्छ । समय अवधि तोक्नुहुन्छ । त्यो स्वीकार गर्न तयार । होइन अहिले जे व्यवस्था छ त्यही गर्नु भने त्यो पनि तयार हो । यस विषयमा समितिको निर्देशन माग गरेको हो । नेपालका उद्योग जुन अवस्थामा छन् । त्यहाँबाट उठाउनुपर्छ । पैरवी गर्नुपर्छ । उद्योगहरुको उद्योग मन्त्रालयले रक्षा गरेन भने त्यसको पक्षमा कानून निर्माण गरिएन भने अहिलेको जटिलतालाई सम्बोधन गर्न सकिँदैन । सिमेन्ट उद्योगहरुको अनुगमनमा जाऔं कहाँ त्यस्ता खालका समस्याहरु छन् । वातावरणमैत्री कहाँ बन्न सकेन । उद्योग स्थापनापछि स्थानीय स्तरमा लिने लाभहरु नभएका हुन कि भन्ने सामाजिक रुपमा उठेका प्रश्नको निरुपण गर्ने विषयमा मन्त्रालय गम्भिर छ । सरकारले बनाउने कानूनहरुलाई कसरी उद्योगमैत्री बनाउन सकिन्छ त्यो विषयमा मन्त्रालय सहजिकरण गर्न तयार छ । कानूनमा रहेका अस्पष्टताहरु हटाउनको लागि खानी तथा खनिज पदार्थ नियमावली संशोधन गर्न आवश्यक छ ।’

उहाँले सरकारले बनाउने कानूनहरुलाई उद्योगमैत्री बनाउने विषयमा मन्त्रालय सहजिकरण गर्न तयार रहेको बताउनु भयो । उहाँले कानूनमा रहेका अस्पष्टताहरु हटाउनको लागि खानी तथा खनिज पदार्थ नियमावली संशोधन गर्न आवश्यक रहेको पनि बताउनु भयो ।