७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूची तय

राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूची तय
फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबार बस्ने राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूची तय गरेको छ । 

बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबार दिउँसो ४ बजे बस्ने राष्ट्रिय सभाको पहिलो बैठकको सम्भावित कार्यसूची तय गरेको हो । बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र राष्ट्रिय सभा अध्यक्षले पढेर सुनाउने, मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाईनेछ । त्यस्तै राष्ट्रिय सभाका अध्यक्षबाट जारी भएको राष्ट्रिय सभाका समितिहरुको गठन सम्बन्धी आदेश २०७७ अनुमोदनका लागि पेश हुनेछ भने अधिवेशनको पहिलो बैठक भएको हुनाले संसदीय दलका नेताहरुले मन्तव्य राख्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्(काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी(पहिलो संशोधन) अध्यादेश २०७७, गृहमन्त्री रामबहादुर थापाले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ(नियमन) अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय)(पहिलो संशोधन) अध्यादेश २०७७ र सामाजिक सुरक्षा(पहिलो संशोधन) अध्यादेश, २०७७ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले औषधी(तेस्रो संशोधन) अध्यादेश २०७७ पेश गर्ने तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७७ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यसैगरी, प्रतिनिधि सभा सदस्यद्धय सानु सिवा र सूर्यबहादुर के.सी., प्रतिनिधिका पूर्व सदस्य ओमकारप्रसाद गौचन र राष्ट्रिय सभाका पूर्व सदस्यद्धय दिपकबहादुर गुरुङ र इन्द्रहाङ लिम्बुको निधनमा राष्ट्रिय सभा अध्यक्षले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।