• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   डेनमार्कलाई हराउँदै आयोजक जर्मनी युरो कपको क्वाटरफाइनलमा ★   कोहलीले लिए ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास ★   इटालीलाई हराउँदै स्वीट्जरल्यान्ड युरो कपको क्वाटरफाइनलमा ★   दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले जित्यो टी–२० विश्वकपको उपाधि ★   दक्षिण अफ्रिकालाई विश्वकपको उपाधि जित्न १७७ रनको लक्ष्य ★   श्रीमानको असार १५ ★   उत्पादित अन्नको जिम्मेबारी स्थानीयतहले लिने नीति आबश्यक: नेता अब्दुल सत्तार ★   पत्नी आरजुसहित बालकोटमा देउवा, ओलीसँग सवा दुई घण्टा कुराकानी ★   कमेडी च्याम्पियन सिजन-३ का विजेता बने सुनिल खड्का ★   उत्पादत्व वृद्धिका निम्ति परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव

कारबाहीविरूद्ध फणीन्द्र देवकोटा सर्वोच्चमा



काठमाडौँ: सर्वोच्च अदालतमा गण्डकी प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलको कारबाहीविरूद्ध प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाले रिट निवेदन दायर गर्नुभएको छ ।

गण्डकी प्रदेशका मन्त्रीसमेत रहनुभएका देवकोटाले आज दायर गरेको रिट निवेदनमा आफूमाथि भएको कारबाही गैरकानुनी भएको उल्लेख गर्दै उक्त निर्णय कार्यान्वयन नगर्न आदेश माग गरिएको छ ।

रिट निवेदनमा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, प्रदेशसभा सचिवालय, नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, प्रदेश समिति, संसदीय दलका नेता हरिबहादुर चुमान र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ ।

रिट निवेदनमा गत जेठ २९ को पत्र र जेठ ३२ को सूचना कार्यान्वयन नगर्नु आदेशको  माग गर्दै  प्रदेशसभा सदस्यको हैसियतमा पूर्ववत् कामकाज गर्न कुनै अवरोध नगर्नु भनी अन्तरिम आदेशको माग गरिएको छ ।

देवकोटा विसं २०७९ को निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर गोरखा २ (१) बाट उनी निर्वाचित हुनुभएको थियोे । माओवादी संसदीय दलको ह्विप उल्लङ्घन गर्दै गत २८ जेठमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी संसदीय दलले कारबाही गरेको थियो । रासस