२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित

एक वर्षमा रु १६ करोड सामाजिक सुरक्षा भत्ता प्रदान

एक वर्षमा रु १६ करोड सामाजिक सुरक्षा भत्ता प्रदान
अ अ+ अ-

महोत्तरी । बर्दिवास नगरपालिकाले एक आर्थिक वर्षमा करिब रु १६ करोड रकम सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत वितरण गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा यस कार्यक्रमअन्तर्गत रु १५ करोड ९६ लाख ९५ हजार रकम वितरण गरिएको नगर कार्यपालिकाको कार्यालयले जनाएको हो ।

नगर क्षेत्रभित्रका दुई हजार ६०३ ज्येष्ठ नागरिक ९७ (वर्षमाथिका) यो कार्यक्रमबाट लाभान्वित छन् । ज्येष्ठ नागरिकमा कूल रु नौ करोड ८० हजार ६०० प्रवाह भएको कार्यालय प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद पराजुलीले जानकारी दिनुभयो । त्यसैगरी नगर क्षेत्रका एक हजार ४४९ एकल महिलालाई रु तीन करोड ४९ लाख ६० हजार वितरण गरिएको छ । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत नगर क्षेत्रका ७२६ बालबालिकामा रु दुई करोड १२ लाख ३६ हजार र ५४३ अपाङ्गता भएकाहरुमा रु एक करोड २४ लाख १८ हजार ४०० भत्ता वितरण गरिएको कार्यालयले सार्वजनिक गरेको हो ।

यसअघिका वर्षमा सेवाग्राहीलाई घरघरै रकम पुर्‍याइने गरिए पनि अब सबैलाई अनिवार्य बैंक खातामा रकम पठाउने व्यवस्था गरिएको कार्यालयले जनाएको छ । सामाजिक सुरक्षा भत्ता कार्यक्रमको सार्वजनिक सुनुवाइ कार्यक्रम गरेर सेवाबारे छलफल गरिँदै आइएको प्रमुख प्रशासकीय अधिकृत पराजुलीले स्पष्ट पार्नुभयो । यता सेवाग्राही वृद्धवृद्धाले भने बैंकले समयमा सुरक्षा भत्ता नदिएको गुनासो गरेका छन् ।

“गरिबी न्यूनीकरण, बिरामी हुँदा उपचार गराउन, विपद्को अवस्थामा उत्पन्न जोखिम न्यूनीकरण गर्न सामाजिक सुरक्षा कार्यक्रमले सहयोग पुर्‍याउँछ”, पराजुलीले भन्नुभयो, “बैंकमा रकम जम्मा गरिँदा हराउने र अनावश्यक खर्च हुनबाट जोगाउने भएको हुँदा यो व्यवस्था अपनाइएको हो ।” सेवाग्राहीलाई रकम प्राप्त गर्न सजिलो बनाउन सम्बन्धित बैंकलाई सेवा प्रवाहको मासिक दिन तालिका बनाएर समयसमेत निर्धारण गर्न आग्रह गरिएको पराजुलीको भनाइ छ । यसैगरी सेवाग्राहीको सङ्ख्या अद्यावधिक गर्न सम्बन्धित वडा कार्यालयले काम गर्दै आएको कार्यालयले जनाएको छ ।