२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेम सम्बन्धमा दरार आएपछि गोलेले आफैंलाई गोली हानेको प्रारम्भिक आशंका



अ+ अ-

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनभित्र गोली हानी आत्महत्या गरेका प्रहरी जवान अजीत गोलेले भिडियो कल गर्दै आफूलाई गोली हानेको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ ।

प्रहरीको अनुसन्धानको क्रममा जवान गोलेले आफैंलाई गोली प्रहारको कारण प्रेमिकासँगको सम्बन्धमा दरार आएको बुझिएको छ ।

घटनास्थल शौचालयको भित्तामा ठड्याएको अवस्थामा गोलेको मोबाइल फेला परेको अनुसन्धानमा खटिएका एक अनुसन्धान अधिकृतले जानकारी दिए ।

बुधबार बिहान दोलखा घर भएका २२ वर्षीय गोलेले शौचालयमा गएर आफैँलाई गोली हानेका थिए । उनले संसद् भवनको दुई नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा आफैंले बोकेको इन्सास राइफलले गोली हानेका थिए । गोलेका आफन्तको उपस्थितिमा मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ ।

करिब ५ महिनाअघि गोलेले आफ्नी प्रेमिकासँग इन्गेटमेन्ट गरेका थिए । उनकी प्रेमिका दुबईमा बस्दै आएकी बताईएको छ । सम्बन्धमा दरार आएपछि उनले भिडिओ कल गरेर गोली हानेको पाईएको अधिकारीले बताए ।

‘प्रेमिकासँग विवाद हुन थालेपछि गोलेले पटक पटक ‘मर्छु’ भन्दै प्रेमिकालाई म्यासेज गरेको भेटिएको छ । बुधबार बिहान भिडिओ कल र घटना पनि एकै समयमा भएको पाइएको छ’, उनले भने ।

अजीत गोले नेपाल प्रहरीको हेडक्वाटरबाट खटाइएको स्पेशल टाक्स फोर्समा कार्यरत थिए । उनी २०७८ सालमा प्रहरीमा भर्ना भएका थिए। उनलाई बिहानको समयमा ड्युटीमा खटाइएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।