७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

नक्कली भ्याट बिलकाे काराेबार राेकिएन, १ अर्ब ३२ कराेड ठगी गरेकाे भन्दै राजश्वद्वारा मुद्दा दायर

नक्कली भ्याट बिलकाे काराेबार राेकिएन, १ अर्ब ३२ कराेड ठगी गरेकाे भन्दै राजश्वद्वारा मुद्दा दायर
अ+ अ-

काठमाडाैंः झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छलि गर्ने सर्लाही जिल्ला स्थाई घर भई पद्म कोलनी सितापाइलामा बस्ने राम किसोर प्रसाद समेत २८ जनाबाट एक अर्ब ३२ करोड ८६ लाख विगो मागदावी सहित राजश्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

राम किसोर प्रसादले मोहन ट्रेड इन्टरनेशनल लगायत विभिन्‍न २६ वटा फर्महरु कमजोर आर्थिक अवस्था भएका मजदुर लगायतका व्यक्तिको नाममा दर्ता गरि उक्त सबै फर्मको बैंक खाता संचालन राम किशोर प्रसादले नै गरी विभिन्न फर्महरुको नाममा झुठ्ठा तथा नक्कली बिक्री विजक जारी गरेकाे विभागले जनाएकाे छ ।

साहले आ व २०७१।७२ देखि २०७४।७५ सम्ममा मूअ कर तथा आयकर राजस्व चुहावट गरेको अनुसन्धानबाट खुलेकाे थियाे । 

विभागले साहमाथि मुअ कर तर्फ रु ४३ कराेड ८१ लाख, आयकर तर्फ रु ८६ कराेड ५६ लाख र लाभांश कर तर्फ रु २ कराेड ८ लाख राजश्व चुहावट गरेकाे भन्दै मुद्दा दायर गरेकाे विभागका सूचना अधिकारीले बताएका छन् ।