७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

ग्लोबल आइएमई बैंक १४ वर्षमा प्रवेश, प्राथमिक पुँजी २७ अर्ब पुग्यो

ग्लोबल आइएमई बैंक १४ वर्षमा प्रवेश, प्राथमिक पुँजी २७ अर्ब पुग्यो
अ+ अ-

काठमाडाैंः ग्लोबल आइएमई बैंक लिमिटेड शनिबारदेखि आफ्नो स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमा नै बैंक पूँजी, व्यवसाय, शाखा-सञ्जाल समेतका हिसाबले नेपालकै ठूलो तथा मजबुत बैंक बनेको छ ।

बैंकको हाल चुक्ता पुँजी करिब १९ अर्ब रुपियाँ (प्रस्तावित १४% बोनस प्रश्चात करिब २१ अर्ब भन्दा बढी) र संचित कोष गरी प्राथमिक पूँजी २७ अर्ब २४ करोड रुपैयाँ, कुल निक्षेप २ खर्ब ४९ अर्ब रुपियाँ र कुल कर्जा २ खर्ब ११ अर्ब रुपियाँ भन्दा बढी पुग्नेछ ।

त्यस्तै, सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकल ७ वटै प्रदेश तथा ७३ जिल्लामा बैंकको २६४ शाखा, २४० एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, २४ एक्सटेन्सन काउण्टर, १ CDS Clearing काउण्टर सहित, २३ राजश्व कलेक्सन काउण्टर, तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ७९७ सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

बैंकको १४औं वार्षिक उत्सवको अवसरमा दिनुभएको शुभकामना सन्देशमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले मर्जरपछि ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्न अझ सहज भएको कुरालाई जोड दिँदै मर्जर तथा प्राप्तीमा ग्लोबल आइएमई बैंकसँग लामो अनुभव भएको बताउँदै उहाँले मर्जर पछिको व्यवस्थापनमा बैंकले हासिल गरेको उपलब्धिको आधारमा आउने दिनमा पनि थप उत्साहित बनाउने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष ढकालले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसंग मर्जर, एक्विजिशनपछि बैंकको पूँजीमा अभिवृद्धि भई प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि, बैंकको वित्तीय, मानव–संशाधन, प्राविधिक एवं अन्य क्षमतामा अभिवृद्धि भएको बताउनुभयो ।

उहाँले कोभिड–१९ को महामारीमा पनि बैंकहरुले आफ्ना ग्राहक तथा सेवाग्राहीहरुलार्ई निरन्तररुपमा सेवा दिएको बताउँदै यसले बैंक तथा वित्तीय संस्थाप्रति आमजनमानसको विश्वास बढेको बताउनुभयो ।

“कोभिड–१९ को विश्व महामारीको अत्यन्त जटिल र त्रासदिपूर्ण परिस्थितिमा पनि हामीले गरेको सेवालाई सबैले सम्झिने छन् । यसले बैंक व्यवसाय मात्र नभई आपत विपतको साथी र संकटको सारथी पनि हो भन्ने कुरालाई स्थापित गरेको छ,” उहाँले भन्नुभयो, “यसलाई हामीहरुले आफ्नो व्यवहार र सेवाले थप मजबुद र प्रष्ट पार्दै जानेछौं ।”

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका ढकालले महामारीको समयमा व्यवसाय र व्यवसायीलाई विभिन्न किसिमका सहुलियत र छुट दिँदै बैंक व्यवसायीहरुको संकटको सारथी बनेको बताउनुभयो ।

“विश्व महामारीको अत्यन्तै जटिल र संकटको समयमा बैंकहरुले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम निजी क्षेत्रले उठाउँदै आएको कर्जाको किस्ता र व्याज तिर्ने समयसीमा बढाएर, व्याजमा छुट दिएर निजी क्षेत्रको संकटको सारथी बनेर काम गरे । यसले हामी निजी क्षेत्र एकआपसमा मिलेर संकटको सामना गरियो भने पक्कै पनि भविष्यमा आइपर्ने सम्भावित संकटलाई परास्त गर्न वा त्यसको क्षति न्यून गर्न सकिन्छ भन्ने ज्ञान हामीले प्राप्त गरेका छौं । संकटको समयमा फुटेर होइन जुटेर अघि बढ्नुपर्छ भन्ने सन्देश पनि हामीले पाएका छौं ।” उहाँले भन्नुभयो ।

आफ्नो शुभकामना सन्देशमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले विभिन्न मर्जर तथा एक्विजिशनपछि अहिले ग्लोबल आइएमई बैंक मुलुककै एक उत्कृष्ट, सबल र मजबुद बैंक बनेको बताउनुभयो ।

“मर्जरपछि धेरैजसो सूचकहरुमा ग्लोबल आइएमई बैंक देशकै ठूलो र एउटा उत्कृष्ट बैंकको रुपमा रहेको छ । यसलाई थप उचाइमा पु¥याउने र यसको सेवालाई ७७ वटै जिल्लामा विस्तार गरी सबैका लागि बैैंक भन्ने मूल नारालाई साकार पार्ने गरी बैंकले काम गरिरहेको छ ।” उहाँले भन्नुभयो ।

मर्जर र मर्जरपछिको व्यवस्थापनमा बैंक व्यवस्थापन केन्द्रित रहेको बताउँदै उहाँले अबका दिनमा बैंकलाई देशकै सबैभन्दा उत्कृष्ट र सबल बैंकको रुपमा स्थापित गर्ने बताउनुभयो ।

“मर्जरपछिका धेरै कामहरु अझै पनि बाँकी रहेका छन्,” प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले भन्नुभयो, “मर्जरको उचित व्यवस्थापन भइसकेपछि ग्लोबल आइएमई बैंक अहिलेको तुलनामा थप सबल र मजबुद बन्नेछ ।”

उहाँले नेपाल सरकार, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड नेपाल लगायत विभिन्न नियमनकारी निकायहरु, ग्राहकवर्ग तथा सम्पूर्ण सेवाग्राहीहरुलाई बैंकप्रतिको निरन्तर साथ, सहयोग र विश्वासका लागि हार्दिक आभारसमेत व्यक्त गर्नुभएको छ ।