७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक

चीनले आफैले निर्माण गरेको कोरोना विरुद्धको खोपलाई प्रयोगको स्वीकृति दियो

चीनले आफैले निर्माण गरेको कोरोना विरुद्धको खोपलाई प्रयोगको स्वीकृति दियो
अ+ अ-

चीन । चीनले आफ्नो देशमा निर्माण भएको कोरोना भाइरस विरुद्धको खोपलाई यहाँ प्रयोग गर्ने अनुमति बिहीबार दिएको जनाएको छ । चीनको एक सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी बायालोजिकल प्रोडक्ट् इन्स्टिच्युट प्रोडक्ट्स लिमिटेडको साइनोफार्मले तयार पारेको कोरोनाभाइरस विरुद्धको सो खोपको भारतमा प्रयोग गर्न पाइने गरी अनुमति दिएको हो ।

बिहीबार सो खोपको सार्वजनिक प्रयोगका लागि सशर्त स्वीकृति दिएको यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । सो खोप अब चिनियाँहरुले आफ्नो देशमा प्रयोग गर्न पाउने भएका छन् । त्यस्तै सरकारी मातहतमा रहेको उक्त औषधी कम्पनीले उत्पादन गरेको उक्त खोप चीनमा प्रयोग र त्यसको सार्वजनिक रुपमा ओसारपसार गर्ने तथा बिक्री वितरण पनि गर्न पाइने भएको पनि सो समाचारमा जनाइएको छ ।

चाइना नेसनल बायोटेक ग्रुपले सो खोपको निर्माण निकै पहिलादेखि गरेको भनी चीनमा प्रचार गरिएको थियो । उक्त कम्पनीद्धारा उत्पादित सो खोपको तीन चरणसम्म परीक्षण गरिएको थियो । सो परीक्षण पछि पछिल्लो पटक आएको यसको प्रभावकारिताको परिणाममा यस खोपको ७९.३४ प्रतिशत सम्म काम गर्ने भनेर यसको प्रभावकारिता देखिएको पाइएको थियो ।

त्यसपछि यो खोपको प्रयोगका लागि अनुमति दिइएको हो । बिहीबारबाट सो खोप चीनमा सार्वजनिक रुपमा प्रयोगमा ल्याइने बताइएको छ ।उक्त कम्पनीले तेस्रो चरणको परीक्षणका क्रममा खोप प्रभाकारी देखिएको जनाएपछि त्यसको भोलिपल्ट नै अर्थात् बिहीबार मात्र चिनियाँ निकायहरूले प्रयोगका लागि खोप स्वीकृत गरेका हुन् ।

चीनमा अरु पनि केही खोपहरु परीक्षणमा रहेका बताइएको छ । अन्तिम चरणको परीक्षणकै क्रममा रहेका विभिन्न खोपहरूलाई आपतकालीन रूपमा प्रयोगमा ल्याउने भन्दै यसको तयारी गरिराखिएको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारहिरुले बताएका छन् ।

सन् २०१९ को डिसेम्बरमा चिनियाँ सहर वुहानबाट कोरोनाभाइरसको महामारी सुरु भएको थियो । क्रमिक रूपमा विश्वभर फैलिएको कोरोनाभाइरस संक्रमणलाई नियन्त्रण गर्न कुनै औषधी र खोप पनि बनेका थिएनन् । जसका कारण विश्वका कैयौं देशहरुले पनि कडा खालका प्रतिबन्धहरु लागू गर्दै संक्रमणको दर घटाउने प्रयास मात्र गरेका थिए । सोही माध्यमबाट संक्रमणको दरलाई निकै कम राख्न चीन भने सफल भएको छ ।

बिहीवार चीनमै विकास गरिएको खोपको सार्वजनिक प्रयोगका लागि दिइएको पहिलो स्वीकृति हो । चीनले गत जुलाईमा आपतकालीन प्रयोगका लागि तीनवटा खोप स्वीकृत गरेको थियो । त्यसरी वितरण गरेका ती खोपहरुमा चीनले त्यहाँ हालसम्म करिब ४५ लाख भन्दा बढी मात्रा खोपहरु वितरण गरिसकेको जनाएको छ ।

यी सार्वजनिक रुपका वितरणहरु समेत गरेर चीनले फेब्रुअरी महिनामा पर्ने चिनियाँ नयाँ वर्षकोे मध्यसम्ममा यहाँका करोडौँ सर्वसाधारणलाई कोरोना विरुद्धको खोप लगाउने अपेक्षा गरिएको यहाँका स्वास्थ्यका अधिकारीहरुले जानकारी दिएका छन् ।