५ पुष २०८२, शनिबार
,
Latest
युक्रेनबारे अमेरिकाको मियामीमा हुने वार्तामा रुस सहभागी हुने यौनजन्य दुर्व्यवहार रोक्न ‘आचारसंहिता’ बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न



अ+ अ-

काठमाडौँ । सङ्घीय राजधानीसँग कर्णाली जोड्ने अभियानका रुपमा काठमाडौँमा जारी तीन दिने ‘कनेक्टिङ कर्णाली’ प्रदर्शनी सम्पन्न भएको छ ।

मनघरी फाउण्डेशनको अग्रसरतामा यही असार १ गतेदेखि सुरु प्रदर्शनीमा शब्द, दृश्य, चित्र र उत्पादनमार्फत कर्णालीलाई काठमाडौँसँग जोड्ने अभियान सुरू गरिएको आयोजक एवं ‘कनेक्टिङ कर्णाली’ का परिकल्पनाकार भरतबन्धु थापाले बताउनुभयो ।

“हामीले कर्णालीका दश जिल्लाका विशेषतालाई प्रदर्शनीमा समेटेका छौँ । यसै महिनाबाट सुरू गरिएको अभियानमा दर्शकको राम्रै सहभागिता रह्यो । यस प्रदर्शनीले कर्णाली बुझ्न र चिन्न मद्दत ग¥यो भन्नेमा हामी विश्वस्त छौँ”, आयोजक थापाले भन्नुभयो ।

कर्णाली प्रदेशमा १० जिल्लाकै विशेषतालाई १० महिनासम्म प्रदर्शनी गर्ने अभियानको सुरुआत खस कला, संस्कृति र सम्पदाको खानी दैलेखबाट गरिएको र आगामी महिना डोल्पाको विशेषतालाई प्रदर्शनी गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सबै वर्ग र उमेर समूहका व्यक्तिलाई प्रदर्शनीमा देखियो । उहाँहरूको कौतुहलतालाई प्रदर्शनीमा राखिएको तस्बिर र भिडियोले मेट्न सफल भएको छ ।” काठमाडौँको नयाँबानेश्वरस्थित एनबी सेन्टरमा सम्पन्न प्रदर्शनीमा ३२ वटा तस्बिर तथा पाँच वटा भिडियोहरू राखिएको थियो ।

साथै, कर्णालीको उत्पादनसँग सम्बन्धित मार्सी चामल, सिमी, कोदो, फापरको पिठो, कपडा, राउटे समुदायले उत्पादन गरेका सामग्रीमा पनि प्रदर्शनी हेर्न आउनेले चाख दिएका छन् । अभियान प्रत्येक महिनाको पहिलो शनिबारदेखि सुरु भई तीन दिनसम्म चल्ने छ । रासस