७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक

मुक्तिनाथ मन्दिर खुल्ने भएसँगै स्थानीयमा उत्साह

मुक्तिनाथ मन्दिर खुल्ने भएसँगै स्थानीयमा उत्साह
अ+ अ-

गण्डकी । कोरोना भाइरसको महामारीसँगै झण्डै १० महिनायता बन्द हिमालपारीको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ मन्दिर खुल्ने भएसँगै यहाँका स्थानीयवासी एवं पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

अन्य क्षेत्रका पर्यटकीय गन्तव्य खुलेसँगै मुस्ताङका पर्यटकीय गन्तव्य पनि खुलाउने सोचका साथ बृहत् सर्वपक्षीय भेलागरी यही पुस २१ गतेदेखि मुक्तिनाथ मन्दिर खोल्ने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङ, मुक्तिनाथ धार्मिक क्षेत्र विकास समिति, स्थानीय झारकोट, खिङ्गा र रानीपौवा गाउँका प्रतिनिधिसहित सम्पन्न बृहत् भेलाबाट मन्दिर खुलाउने निर्णय गरिएको रानीपौवा गाउँका पूर्वमुखिया एवं होटेल ग्राण्ड साम्बालाका सञ्चालक सुरज गुरुङले जानकारी दिनुभयो । 

“झण्डै १० महिनायता बन्द मुक्तिनाथ मन्दिर अब खोल्नुपर्छ भन्ने सोचका साथ सर्वपक्षीय भेलाबाट मन्दिर खोल्ने निर्णय गरेका हौँ”, उहाँले भन्नुभयो, “मन्दिर खुलेसँगै लामो समयदेखि ठप्प मुस्ताङमा आगामी दिनमा पर्यटकीय चहलपहल बढ्ने विश्वास लिएका छौँ ।”

नेपालका चारधाममध्ये एक मुक्तिनाथको दर्शनपछि मनोकामना पूरा हुने जनविश्वासका साथ नेपाली तथा भारतीय दर्शनार्थी प्रत्येक वर्ष ठूलो सङ्ख्यामा मुक्तिनाथ पुग्ने गरेका छन् । मुक्तिनाथ मन्दिरका ब्राह्मण पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार पछिल्ला वर्षमा देशका विभिन्न भूभागबाट मुक्तिनाथ आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । 

पछिल्लो वर्षमा म्याग्दीको बेनी हुँदै सडक मार्ग भएर जाने बाटोको पनि स्तरोन्नति हुँदै गएका कारण बाटोको सहजताले धार्मिक पर्यटकको सङ्ख्या बढिरहेको अवस्थामा कोरोना भाइरसको सङ्क्रमणका कारण झण्डै १० महिना मुक्तिनाथ मन्दिर सुनसान बनेको उहाँले बताउनुभयो ।

मुक्तिनाथ भगवान् विष्णुको नाम हो । विष्णु, लक्ष्मीनारायण, भूदेवीका मूर्ति रहेको यो मन्दिर हिन्दू र बौद्धमार्गीको साझा तीर्थस्थलका रुपमा रहेको छ । मुक्तिनाथ र गुम्बामा हिन्दूका ब्राह्मण पुजारी र बौद्धका झुमाले आआफ्नै परम्पराअनुसार पूजा तथा रेखदेख गर्ने प्रचलन छ । मुस्ताङको सदरमुकाम जोमसोमबाट पूर्वमा पर्ने यो मन्दिर तीन हजार ७१० मिटर उचाइमा छ । यहाँबाट धवलागिरि, निलगिरि, गणेश, थोरङ्लालगायत उच्च हिमाली शृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ ।

मुक्तिनाथ परिसरमा उत्तरपूर्वी भूभागमा अवस्थित ज्वालामाई मन्दिरभित्र धिपधिप बलिरहेको ज्योति हेर्नका लागि यहाँ पुग्ने जो कोही लालायीत हुने गरेका छन् । विशेषतः मुक्तिनाथमा फागुनको अन्तिम सातादेखि वैशाखको अन्तिम सातासम्म र असोेज तथा कात्तिकको समयमा दर्शनार्थी बढी आउने गरेको स्थानीयवासी एवं थकाली सामुदायिक होमस्टे ठिनीका सचिव जुना थकालीले जानकारी दिनुभयो । मन्दिर खुलेसँगै आगामी दिनमा होमस्टेमा आउने पर्यटकको सङ्ख्या पनि बढ्ने अपेक्षा गरिएको छ ।

पर्यटकको बढ्दो आगमनसँगै मुक्तिनाथ क्षेत्रमा नै लगभग २२ वटा होटलले पर्यटकलाई खान र बस्नको सुविधा प्रदान गरेको होटेल ग्राण्ड साम्बालाका सञ्चालक सुरज गुरुङ बताउनुहुन्छ । मुक्तिनाथमा भएका होटलमा प्रतिदिन एक हजार ५०० जनासम्म आन्तरिक पर्यटकलाई थेग्नसक्ने क्षमता रहेको जानकारी दिँदै उहाँले लगभग ७०० विदेशी पर्यटक प्रतिदिन मुक्तिनाथमा बस्नसक्ने अवस्था रहेको बताउनुभयो ।

मुक्तिनाथ पुग्ने पर्यटकमध्ये केही पोखराबाट म्याग्दीको सदरमुकाम बेनी, जोमसोम हुँदै सडक यात्राबाट जाने गरेका छन् भने केही पोखरा–जोमसोम हवाई उडानका माध्यमबाट जोमसोम पुगी त्यहाँबाट लगभग दुई घन्टा सडक यातायात प्रयोग गरी पुग्ने गरेका छन् ।

बेनीबाट मुक्तिनाथसम्म नै पुग्ने बाटो चाँडो कालोपत्र गर्नसकेमा मुक्तिनाथ पुग्ने पर्यटकको सङ्ख्या अझै बढ्ने स्थानीयवासी बताउँछन् । लामो समयदेखि सुनसान नबनेको मुस्ताङमा मुक्तिनाथ मन्दिर खुलेसँगै आगामी दिनमा पर्यटकको चहलपहल बढ्ने विश्वास लिइएको जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ ल्हामो गुरुङले जानकारी दिनुभयो ।
    
कोरोनाले प्रभावित यहाँको पर्यटन चाँडै नै चलायमान हुने बताउँदै गुरुङले स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्नुभयो । लामो समयसम्म मुक्तिनाथ मन्दिर बन्द हुँदा इच्छा भएर पनि जान नपाएका सर्वसाधारणमा समेत उत्साह जगाएको स्थानीयवासीको तर्क छ ।